Comments Add Comment

Advertisment

SKIP THIS

बानेश्वरबाट मोवाइल लुटेको आरोपमा २ जना पूर्व प्रहरी पक्राउ

२७ भाद्र , काठमाडौँ । काठमाडौंको नयाँ बानेश्वरस्थित कात्यानी चोकबाट मोवाइल लुटेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले दुईजना पूर्व प्रहरीलाई पक्राउ गरेको छ । ‘प्रहरी हौं’ भनेर मोवाइल लुटेर हिँडेका दुईजनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी जनक भट्टराइले बताए ।

पक्राउ पर्नेमा पूर्व असई बालसुन्दर सापकोटा र पूर्व हवल्दार अर्जुन कार्की छन् । कात्यानी चोकस्थित कपिल श्रेष्ठले सञ्चालन गरेको पसलमा गएर उनीहरुले ‘हामी प्रहरी हौं, तपाइसँग भ्याट बिल रहेनछ’ भनेर ३ वटा मोवाइल लिएर हिँडेका थिए ।

आइतबार दिउँसो ‘प्रहरी हौं’ भनेर मोवाइल लिएर हिँडेपछि श्रेष्ठले प्रहरीलाई खबर गरेका थिए । आरोपीहरुमाथि अनुसन्धान भइरहेको एसएसपी भट्टराइले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै