Comments Add Comment

Advertisment

SKIP THIS

शरणार्थीको नाममा ठग्ने गिरोहले कसरी पायो सरकारी गाडी ? हज समितिका अध्यक्षमाथि छानबिन

१ जेठ , काठमाडौ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै लाखौं असूली गर्ने गिरोहले सरकारी गाडी प्रयोग गरेर विभिन्न ठाउँमा ‘पीडित’हरुसँग भेट गरेको खुलेको छ ।

चितवनको एक रिसोर्टमा सरकारी गाडीमा गएका गृह मन्त्रालयका कर्मचारी बताउनेहरुले पीडितको फोटो खिच्ने र शरणार्थीसम्बन्धी गणनामा छुटको फारम भराउने काम गरेको पीडितहरुको बयान छ ।

त्यसबेला सरकारी कर्मचारी बताएर जानेहरु को को थिए भन्ने खुलिसकेको छैन । यद्यपि, प्रारम्भिक जाँचमा ठगी गर्ने गिरोहका सदस्यहरु नै कर्मचारी बनेर ठगीमा संलग्न हुनसक्ने देखिएको छ ।

त्यसबेला प्रयोग भएको सरकारी गाडी चाहिँ गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिको सचिवालयको भएको खुलेको छ । हज समितिलाई अध्यक्ष र सचिवालयले प्रयोग गर्ने गरी दुई वटा गाडी मन्त्रालयले उपलब्ध गराउने गर्छ ।

‘हज समितिका अध्यक्ष शमशेर मियाँको गाडी लिएर उनीहरुले पीडितलाई भेट्ने, प्रलोभनमा पार्ने र रकम समेत उठाउने गरेको भेटिएको छ’, एक अनुसन्धान अधिकृत भन्छन्, ‘उनीहरुलाई किन गाडी दिइएको थियो भन्ने खुलेको छैन ।’

प्रहरीले हज कमिटीका अध्यक्ष शमशेर मियाँसँग बयान लिने तयारी गरेको छ । तर, उनी एक सातादेखि फोन स्वीच अफ गरेर सम्पर्कविहीन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment