Comments Add Comment

Advertisment

SKIP THIS

मौरिसस पठाईदिन्छु भन्दै चार लाख ठगी गर्ने भविन्द्र लामा काठमाडौंबाट पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मौरिसस पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराहाको गोलबजार नगरपालिका-६ स्थाई घर भई हाल काठमाडौंको वनस्थली बस्ने भविन्द्र नाथ लामा रहेका छन् ।

लामाले वैदेशिक रोजगारीको लागि माल्टा पठाई दिने भन्दै यमबहादुर नपालीसंग चार लाख ५० हजार रुपैयाँ ठगी गरेर फरार भएका थिए ।

लामाले मौरिसस पुगेपछि गार्मेण्टमा सिलाईको काम लगाई दिने र मासिक १ लाख कमाई हुने प्रलोभन देखाएर ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

लामाले ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले लामालाई आज वनस्थली ढुंगेधाराबाटबाट पक्राउ गरेको हो ।

पक्राउ परेका लामालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै