Comments Add Comment

नेपाल प्रहरीले एक अर्ब रुपैयाँ भन्दा बढीको सेतो हेरोइनसहित सात जना विदेशीलाई पक्राउ

४ असार , काठमाडौं । नेपाल प्रहरीले एक अर्ब रुपैयाँ भन्दा धेरैको सेतो हेरोइनसहित सात जना विदेशीलाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्यूरोले दुबई हुँदै नेपाल आएका सात जना दक्षिण अफ्रिकी महिलालाई पक्राउ गरेको हो। उनीहरु पाँच वटा समूहमा आएका थिए। एउटै गिरोहले उनीहरुलाई नेपाल पठाएको आशंका गरिएको छ। ब्यूरोले बिहीबार अर्थात आज पत्रकार सम्मलेन गरेर यो ठूलो सफलताको सार्वजनिक गरेको छ। लागुऔषधसम्बन्धि अपराधको अनुसन्धानमा नेपाल प्रहरीको यो अहिलेसम्मकै ऐतिहासिक सफलता हो।
अन्तर्राष्ट्रिय गिरोहले नेपाललाई ट्रान्जिट बनाएर हेरोइन तस्करी गरेको हुनसक्ने अनुमान गरिएको छ। सो गिरोहबाट ५१ किलो सेतो हेरोइन बरामद भएको प्रहरी स्रोत बताउँछ। एक केजी हेरोइनको मूल्य दुई करोड पर्ने गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै