Comments Add Comment

Advertisment

SKIP THIS

पोतमारा लघु जलविद्युत् आयोजना पुनःसञ्चालनमा ल्याउन बजेट माग

१४ साउन , काठमाडौँ । कालीकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–७ मा रहेको पाँचसय किलोवाटको साना जलविद्युत् आयोजना मर्मतका लागि गाउँपालिकाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग माग गरेको छ । उक्त गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीले मन्त्रालयमा पुगेर विद्युत् सञ्चालनका लागि बजेट माग गरेका हुन् । जिल्लामा रहेको एकमात्र पाँच सय किलोवाटको पोतमारा लघु जलविद्युत् आयोजना अलपत्र अवस्थामा रहेकाले पुनःसञ्चालनमा ल्याउन उनले शुक्रबार मन्त्रालयसँग बजेट माग गरेका हुन् ।

विसं २०७७ मा आएको अविरल वर्षले उक्त आयोजना पूर्णरुपमा क्षतिग्रस्त भई बन्द भएको र पुन सञ्चालन गर्न धेरै बजेट लाग्ने भएकाले बजेट माग गरिएको गाउँपालिका अध्यक्ष केसीले जानकारी दिए ।

‘राष्ट्रिय प्रसारण लाइन जोडिए पनि वैकल्पिक व्यवस्थाका लागि उक्त आयोजना आवश्यक पर्ने भएकाले पालिकाले पुनःसञ्चालनको लागि पहल गरेको छु’, उनले भने, ‘शुक्रबार ऊर्जा जलस्रोत तथा सिँचाइ विभागका उपनिर्देशक सन्तोष सिलवालसँग पनि छलफल गरियो । अबको एक हप्तामा केन्द्रबाट इञ्जिनिरको टोली पठाउने निर्णय भएको छ ।’ उक्त आयोजनाको लागत अनुमान निकालेर बजेट विनियोजन गरिने मन्त्रालयले योजना बनाएको अध्यक्ष केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

बजेटमाथिको छलफल सकियो

Advertisment

छुटाउनुभयो कि? सबै

बजेटमाथिको छलफल सकियो