४ फागुन, काठमाडौं । आज दिउँसो एक बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकमा बहुचर्चित र विवादित अमेरिकी सहायता परियोजना ९एमसीसी० टेबल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ ।
मंगलबार बसेको सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले एमसीसी पारित गर्ने निर्णय गरेसँगै आजको संसदमा उक्त सम्झौता टेबल हुने धेरैको अनुमान छ । संसद सचिवालयले मंगलबार जारी गरेको सम्भावित कार्यसूचीमा एमसीसीको विषय राखिएको छैन ।
संसद बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ र उक्त समितिको बैठकले संसदको कार्यसूची तय गर्नेछ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सदनमा अवरोध कायम राख्ने बताएको छ । आफूहरुले कारबाही गरेका सांसदलाई पदमुक्त गर्नुपर्ने लगायत माग राखेर एमालेले निरन्तर सदन अवरोध गरिरहेको छ ।




