१९ कात्तिक , काठमाडौ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले रवि लामिछानेलाई जितका लागि अग्रिम शुभकामना दिएकी छन् ।
चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका लामिछाने भोट माग्दै दाहालको घर पुगेका थिए ।
भेटमा दाहालले आफू क्षेत्र नम्बर २ को मतदाता नभएको बताएकी थिइन् । तर उनले जितका लागि लामिछानेलाई शुभकामना दिइन् ।
लामिछाने श्रीमती निकिता पौडेलसँगै त्यहाँ पुगेका थिए ।
रवि : भोट माग्न आइपुग्यौँ
रेणु : म यहाँको मतदाता छैन ।
रवि : हो र
रेणु : हजुर शुभकामना छ ।
रवि, रास्वप कार्यकर्ता स् आउँदै गर्दा घर अगाडि पर्यो आइहाल्यौँ ।
रेणु : यही कार्यक्रम छ नि हैन ।
रवि : हो, पछि फेरि आउँछौँ ।
रेणु : म पछि कार्यक्रममा आउँछु ।
भेटपछि राष्ट्रिय स्वतन्त्र पार्टीले कसैको विचारप्रति असहमति भएपनि चुनावी प्रतिस्पर्धामा कोहीसँग कठोर हुन नसक्ने बताएको छ ।



