कमोडिटीका नाममा करोडौं ठग -
Comments Add Comment

कमोडिटीका नाममा करोडौं ठग

२६ पुष , काठमाडौं । शेयर बजारमा सर्वसाधरणको आकर्षण बढीरहेका बेला नेपालमा कमोडिटीको अवैध कारोबार पनि बढेको छ । सरकारबाट अनुमति नभएपनि अनलाइनमार्फत यसको कारोबार भइरहेको छ भने, धेरै सर्वसाधरण यसबाट ठगिएका छन् ।

यस्तो कारोबार गर्ने कम्पनी मर्कनटाइल एक्सचेन्ज नेपाल(मेक्स नेपाल) का सञ्चालकहरूलाई प्रहरीले पक्राउ गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत जितेश सुरेन्द्रलगायतलाई काठमाडौं प्रहरीले पक्राउ गरेको हो ।

साथै ठगीमा सघाउने स्पेल इन्भेष्टमेन्ट प्रालिका सञ्चालक सुनिल श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूविरुद्ध पाँच जनाले करिब ३६ करोड ठगी गरेको उजुरी दिएका छन् । सुरुमा पीडितहरू काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेका थिए । तर, उनीहरूले दबाबको भरमा अनुसन्धान गरेनन्, यो राष्ट्र बैंकले हेर्ने अपराध हो भनेर पन्छिए । पछि पीडितहरू काठमाडौं परिसर पुगेका हुन् ।

काठमाडौंका प्रहरी पनि यसमा दबाबमा परेका छन् । सरकारले अनुमति दिएरै आफुहरूले कारोबार गरेको भन्दै पक्राउ परेकाले प्रहरीविरुद्ध नै अदालतमा मुद्दा दायर गरेका छन् । उनीहरूलाई छुटाउन पनि एक समूह सक्रियताका साथ लागेको छ । जसले एसएसपी भरत बोहरालाई दबाब दिइरहेको छ । ठगी र अपराधिक विश्वासघात मुद्दामा प्रहरीले अनुसन्धान अघि बढाएको हो ।

तर, इमाइलो के छ भने यातायात कार्यालयबाट बिचौलिया पक्राउ गर्दा प्रेस बिज्ञप्ती जारी गरेको प्रहरीले यो घटनालाई भने गोप्य नै राखेको छ । यसबाट पनि प्रहरीमाथि अनुसन्धानमा परेको दबाब प्रष्ट हुन्छ । कमोडिटी बजारमा केहीले करोडौं गुमाइसकेका छन् । शेयरबजारमा भन्दा यसमा फाइदा हुने भन्दै सर्वसाधरणलाई भ्रममा पारी ठग्ने कम्पनीहरूले भने कमिसनबाट करोडौं कमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds