- Home
- Showing Post From:-राजनीति
राजनीति
काठमाडौं, १६ – विजयादशमी, दीपावली, नेपाल संवत ११४६ र छठ पर्वको शुभअवसरमा काठमाडौं महानगरपालिका–१६, बालाजुमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
यस कार्यक्रमले सांस्कृतिक उत्सवको आनन्द लिनुका साथै सामुदायिक एकताको एक उत्कृष्ट उदाहरण पेश गरेको छ।
श्री कुमारी स्थान टोल सुधार समिति र शान्ति नगर टोल सुधार समाजको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष रोजिना श्रेष्ठ र बालाजु प्रहरी वृत्तका इन्चार्ज डीएसपीको विशेष उपस्थिति रहेको थियो।
प्रहरी पुनर्निर्माणलाई ठूलो आर्थिक सहयोग
कार्यक्रमको मुख्य आकर्षण जेन्जी आन्दोलनका क्रममा पूर्ण रूपमा ध्वस्त भएको बालाजु प्रहरी वृत्तको पुनर्निर्माणका लागि ठूलो रकमको सहयोग …
तारकेश्वर नगरपालिका, काठमाडौं । तीन वर्षको अवधिमा लगातार सात जना प्रमुख प्रशासकीय अधिकृत फेरिएको तारकेश्वर नगरपालिकामा अब आठौँ प्रमुख प्रशासकीय अधिकृत पदस्थापित भएका छन्।
नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साललाई नगरपालिकाले औपचारिक स्वागत गर्दै पदभार ग्रहण गराएको हो।
यसअघि प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत ईश्वरप्रसाद आचार्यले करिब छ महिना मात्र जिम्मेवारी सम्हाल्नुभएको थियो। काम गर्ने वातावरण अनुकूल नभएको कारण उहाँ मन्त्रालय सरुवा हुनुभएको स्रोतले जनाएको छ।
कार्यभार सम्हाल्दै नवनियुक्त अधिकृत लम्सालले दैनिक प्रशासनिक कामकाज, विकास आयोजना, सेवा प्रवाह र जनउत्तरदायित्वलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन आफू प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले पारदर्शिता, जवाफदेहिता …
धादिङ, १० भदौ २०८२ – सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले सञ्चारमाध्यमको कार्यालयमा नगर प्रहरीको टोलीसहित पुगी पत्रकारलाई धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले कडा आपत्ति जनाएको छ।
अध्यक्ष खतिवडाले धादिङ न्युज डटकमका प्रधान सम्पादक केशव अधिकारी र बागमती कलम डटकमका प्रधान सम्पादक अनिल कुमार नेपालीलाई धम्की दिएको महासंघ धादिङ शाखाले जनाएको छ।
महासंघका अनुसार, गाउँपालिकाको शिक्षक सरुवा तथा विद्यालय समायोजनसम्बन्धी निर्णयमा आधारित समाचारप्रति असहमति जनाउँदै अध्यक्ष खतिवडा सञ्चारमाध्यमको कार्यालयमै पुगी दुर्व्यवहार र धम्की दिने कार्यमा संलग्न भएका थिए। यो घटना प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासंघले ठहर गरेको छ।
नेपाल पत्रकार महासंघका महासचिव …
काठमाडौं, साउन १०, २०८२ – तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनमाथि भ्रष्टाचारको गम्भीर आरोपले स्थानीय राजनीति तातेको छ।
फोहरमैला व्यवस्थापनदेखि जग्गा हस्तान्तरणसम्मका विवादले मेयरमाथि प्रश्नको बौछार लागेको छ। तर, के यी आरोप सत्य हुन्, वा केवल राजनीतिक खिचातानीको उपज? हामीले यो विषयको गहिराइमा पुगेर तथ्यहरू केलाएका छौं।
फोहरमैलाको खेल: ७ करोडको हिसाब कहाँ?
तारकेश्वर नगरपालिकाले हरेक वर्ष फोहरमैला सङ्कलन शुल्कबाट करिब ७ करोड रुपैयाँ उठाउँछ। तर, यो रकमको पारदर्शितामाथि प्रश्न उठेको छ। वडा नम्बर ५ का अध्यक्ष शम्भुप्रसाद फुयालले सामाजिक सञ्जालमा आगो ओकलेर मेयरमाथि गम्भीर आरोप लगाए। उनको दाबी छ, “फोहर उठाउने कम्पनीको वैधानिकता …
काठमाडौं, भदौ १०, २०८२ – नेपालका पूर्व तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भ्रष्टाचारका विभिन्न आरोप लागेका छन्। यी आरोपहरूले नेपालको राजनीतिक वृत्तमा तीव्र बहस सिर्जना गरेको छ। यद्यपि, अदालतबाट कुनै पनि आरोप प्रमाणित भएको छैन।
विपक्षी दलहरूले ओलीमाथि भ्रष्टाचार र नीतिगत अनियमितताको आरोप लगाउँदै आएका छन् भने ओलीले यस्ता दाबीलाई ‘राजनीतिक षड्यन्त्र’ भन्दै खारेज गर्दै आएका छन्। यहाँ मुख्य आरोपहरूको संक्षिप्त विवरण प्रस्तुत गरिएको छ।
मुख्य आरोपहरू:
१. चीनसँगको सम्बन्ध र स्विस बैंक खाता:
सन् २०२० मा ग्लोबल वाच एनालिसिसले ओलीको स्विस बैंक खातामा ५.५ मिलियन डलर जम्मा भएको दाबी गरेको थियो। यो …
काठमाडौं, २२ जुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अष्ट्रेलियाका प्रमुख सहरहरू सिड्नी, क्यानबेरा र मेलबर्नमा आफ्नो तेस्रो वार्षिकोत्सव र सञ्जाल कार्यक्रम आयोजना गर्न लागेको छ।
यसरी तीन सहरहरूमा आयोजना हुने यी कार्यक्रमहरूमा प्रवासी नेपालीहरूसँग छलफल, शुभकामना आदानप्रदान र नेपालको वर्तमान राजनीतिक अवस्थासम्बन्धी जानकारी साट्ने उद्देश्य राखिएको छ।
सिड्नी, क्यानबेरा र मेलबर्नमा कार्यक्रम :-
– सिड्नी:-शनिबार, २१ जुन, बिहान १० बजे, The Himalayan Grill, Merrylands (न्यू साउथ वेल्स राज्य समिति संयोजक)
– क्यानबेरा:- आइतबार, २२ जुन, दिउँसो ३–६ बजे, The Hungry Buddha, Belconnen (ACT राज्य समिति संयोजक)
-मेलबर्न:-सोमबार, २३ जुन, साँझ ४–५:३० बजे, 81 Salt …
धर्मस्थली, तारकेश्वर। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, योजना र बजेट निर्माणका लागि तारकेश्वर नगरपालिकाले आज सरोकारवालाहरूसँग खुला अन्तरक्रिया गर्यो।
नगर सभाहलमा भएको कार्यक्रममा स्थानीय निकाय, प्रदेश सरकार र समुदायका प्रतिनिधिहरूले सहभागिता जनाए।
प्रमुख अतिथि र विशेष उपस्थिति :-
कार्यक्रमको अध्यक्षता नगरप्रमुख कृष्ण हरि महर्जन ले गर्दै पूर्वरक्षा मन्त्री भीमसेनदास प्रधान प्रमुख अतिथिको रूपमा उपस्थित रहे। बागमती प्रदेशकी सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी विशेष अतिथिको रूपमा पुगेकी थिइन्।
उपनगरप्रमुख श्रृजना बुर्लाकोटी, प्रमुख प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्य, सबै वडाध्यक्ष, प्रहरी प्रतिनिधि, सशस्त्र प्रहरी अधिकारी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको संचालन र विषयवस्तु …
तार्केश्वर नगरपालिकाका जनप्रतिनिधिहरूले आज कार्यभार सम्हालेको तीन वर्ष पूरा गरेका छन्।
यस अवसरमा नगरप्रमुख कृष्णहरि महर्जनको अध्यक्षतामा नगर कार्यपालिकाको बैठक सम्पन्न भएको छ, जहाँ नगरपालिकाले यी तीन वर्षमा गरेका प्रमुख कार्यहरूको प्रगतिको समीक्षा गरिएको छ।
बैठकमा नगरप्रमुख महर्जन, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू र शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो। बैठकले नगरपालिकाले गरेका विकासात्मक तथा प्रशासनिक कार्यहरूको प्रस्तुतिकरण गरी विस्तृत छलफल गरेको थियो। साथै, नगरपालिकाको भविष्यका योजनाहरूमा पनि विचार–विमर्श भएको बताइएको छ।
कार्यकालको तीन वर्ष पूरा हुँदै जनप्रतिनिधिहरूले गरेका प्रयासहरूलाई नगरपालिकाले सराहना गर्दै आगामी दिनमा पनि सहकार्यको आशा व्यक्त गरेको छ। तारकेश्वर नगरपालिकाका सम्पूर्ण कर्मचारी, …
बैशाख १९ , काठमाडौ । सहकारी ठगी प्रकरणमा पक्राउ परेकी सांसद माया राईलाई पाँच दिनको म्याद थप भएको छ ।
शुक्रबार जिल्ला अदालत काठमाडौंले सांसद राईमाथि अनुसन्धानका लागि पाँच दिनको म्याद थपेको हो । नेपाली कांग्रेसकी सांसद माया राईलाई यसअघि तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो ।
उनी स्वर्णलक्ष्मी सहकारीको बचत ठगी प्रकरणमा १३ वैशाखमा पक्राउ परेकी थिइन् ।