Comments Add Comment

दशैंमा १६ दिन लामो बिदा: त्रिभुवन विश्वविद्यालयका सबै निकाय असोज ६ देखि बन्द

काठमाडौं । बडादशैंको अवसरमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सम्पूर्ण निकाय आगामी असोज ६ गतेदेखि २१ गतेसम्म बन्द हुने भएका छन्।

परीक्षा नियन्त्रण कार्यालय, बल्खुले सोमबार एक सूचना जारी गर्दै सो अवधिभर कार्यालयमा कुनै पनि सरकारी कामकाज नहुने जानकारी गराएको हो।

सूचनामा उल्लेख भएअनुसार, दशैंका कारण त्रिभुवन विश्वविद्यालयका अन्तर्गतका सबै कार्यालय, निकाय तथा परीक्षा नियन्त्रण कार्यालयमा समेत सार्वजनिक बिदा हुनेछ।

यसबीचमा कार्यालयका अनिवार्य तथा वैकल्पिक कामकाज स्थगित हुने भएकाले विद्यार्थी, शिक्षक र कर्मचारीलाई सचेत रहन आग्रह गरिएको छ।

त्रिभुवन विश्वविद्यालयले हरेक वर्षजस्तै यस वर्ष पनि दशैं बिदालाई औपचारिक सूचना जारी गर्दै सार्वजनिक गरेको हो। यस पटक विश्वविद्यालयमा कुल १६ दिनसम्म कामकाज ठप्प रहने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै