Comments Add Comment

Advertisment

SKIP THIS

तीन वर्षभित्र आठ पटक नेतृत्व फेरियो, तारकेश्वरमा नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई स्वागत

तारकेश्वर नगरपालिका, काठमाडौं ।  तीन वर्षको अवधिमा लगातार सात जना प्रमुख प्रशासकीय अधिकृत फेरिएको तारकेश्वर नगरपालिकामा अब आठौँ प्रमुख प्रशासकीय अधिकृत पदस्थापित भएका छन्।

नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साललाई नगरपालिकाले औपचारिक स्वागत गर्दै पदभार ग्रहण गराएको हो।

यसअघि प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत ईश्वरप्रसाद आचार्यले करिब छ महिना मात्र जिम्मेवारी सम्हाल्नुभएको थियो। काम गर्ने वातावरण अनुकूल नभएको कारण उहाँ मन्त्रालय सरुवा हुनुभएको स्रोतले जनाएको छ।

कार्यभार सम्हाल्दै नवनियुक्त अधिकृत लम्सालले दैनिक प्रशासनिक कामकाज, विकास आयोजना, सेवा प्रवाह र जनउत्तरदायित्वलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन आफू प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। उहाँले पारदर्शिता, जवाफदेहिता र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिँदै स्थानीय सरकारप्रतिको जनविश्वास थप मजबुत बनाउन प्रयास गर्ने बताउनुभयो।

स्वागत कार्यक्रम उप–प्रमुख, वडाअध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय सरोकारवालाको उपस्थितिमा सम्पन्न भएको थियो।

नयाँ प्रशासकीय अधिकृत आएको सुनेपछि सेवाग्राहीहरू खुसी व्यक्त गर्दै “अब दशैंमा भुक्तानी पाउने वातावरण बनेको छ” भन्ने प्रतिक्रिया दिएका छन्। अर्का एक स्थानीयले भने, “तीन वर्षमै सात जना प्रशासकीय अधिकृत फेरिए, लम्साल आठौँ प्रमुख बन्नुभएको छ। यदि सात महिनाभन्दा बढी रहनुभयो भने हामी फुलमाला सहित भव्य स्वागत गर्छौं,” भन्दै विगतको अस्थिरताप्रति व्यंग्य गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै