काठमाडौ सिटीमा यस्तो : अदालतले सेवाग्राहीलाई गेटमै पाइन्ट खोल्न लगाएपछि… -
Comments Add Comment

काठमाडौ सिटीमा यस्तो : अदालतले सेवाग्राहीलाई गेटमै पाइन्ट खोल्न लगाएपछि…

२३ माघ, काठमाडौ ।  ललितपुर जिल्ला अदालतले सोमबार एक सेवाग्राहीलाई पाइन्ट खोल्न लगाएको छ ।

अदालतले अंश मुद्दाका लागि अदालत पुगेका धरानका अनिश श्रेष्ठलाई अदालतको गेटबाहिर पाइन्ट खोल्न लगाएको हो । उनले पाइन्टभित्र ट्राउजर र बाहिर थोरै ग्रन्च भएको जिन्स पाइन्ट लगाएका थिए ।

सुरक्षाकर्मीले अनिशलाई च्यातिएको पाइन्टमा भित्र पस्न नपाइने भन्दै पाइन्ट खोल्न लगाएर भित्री ट्राउजरमा अदालतमा प्रवेश गराएको अधिवक्ता दिनेश राज सत्यालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिए ।

उनले आफ्नो क्लाइन्ट रहेका सेवाग्राही प्रतिउत्तर फिराउने म्यादका लागि आएको र म्याद सकिनै लागेको भनेर अदालत प्रशासन प्रमुख स्रेस्तेदार दुर्गाप्रसाद भट्टराईसँग अनुरोध गरे पनि उनले घर गएर पाइन्ट फेरेर आउन भनेको सत्यालले उल्लेख गरेका छन् ।

अर्को पाइन्ट किन्न पनि तत्काल सम्भव नभएको श्रेष्ठले बताए । प्रहरीले उनलाई पाइन्ट खोल्न लगाएर ट्राउजरमा भित्र जान दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment