Comments Add Comment

Advertisment

SKIP THIS

मकवानपुर प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ

काठमाडौं: मकवानपुर प्रहरीले कर्तव्य ज्यान मुद्दाका दुईजना फरार अभियुक्तलाई आइतबार पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीका अनुसार पक्राउ पर्नेहरूमा थाहा नगरपालिका– १२ गैरीगाउँका ४५ वर्षको मोटे स्याङ्तान भन्ने राम चन्द्र स्याङ्तान र सोही स्थानका ५० वर्षका सार्की माइला भन्ने कालु गोले छन्।

ad
अभियुक्तद्वयले ०६३ साल जेठ १९ गते मकवानपुरको साबिक टिस्टुङ गाउँ विकास समिति वडा नम्बर ४, हाल थाहा नगरपालिका वडा नम्बर १२ गैरीगाउँका ७२ वर्षीय सानो लाहुरे तामाङलाई कुटपिट गरी हत्या गरेका थिए।

घटनापश्चात् फरार रहेका प्रतिवादीउपर जिल्ला अदालतबाट भएको फैसलाअनुसारको कैद बेरुजु फर्स्याेटका लागि खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई घरबाटै पक्राउ गरेको प्रवक्ता भण्डारीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै