Comments Add Comment

मकवानपुर प्रहरीद्वारा ३० किलो गाजासहित एक महिला पक्राउ

मकवानपुरगढी, मकवानपुर प्रहरीले लागुऔषध गाजासहित एक जना महिलालाई नियन्त्रणमा लिएको छ ।

चितवन जिल्लाको राप्ती नगरपालिका–८ खुरखुरे बस्ने वर्ष ३० कि लालमाया तामाङलाई ३० किलो गाजासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी विश्व खड्काले बताए ।

सोमबार बिहान अन्दाजी १०ः०० बजेको समयमा हेटौंडा–१० बसपार्कमा लागुऔषध गाजा ओसारप्रसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक विश्वम्भर नाथ साहको कमान्डमा खटिएको प्रहरी टोलीले हेटौंडा बसपार्कबाट वीरगञ्जतर्फ जान रोकिराखेको बा.प्र. ०३–०१ ज. ९७४ नम्बरको इभी गाडीमा सवार भई आएकी तामाङको साथबाट उक्त गाजा बरामद गरेको हो ।

एसपी खड्काले बताए अनुसार उहाँले गाडीको छतमाथि राखिएको जेब्रा झोलाभित्र लुकाईछिपाई राखिएको तीन वटा पोकामा ३० किलो गाँजा प्रहरीले फेला पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै