७ असोज , काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनीसहित ५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सिम्रौनगढ नगरपालिका-८ स्थित जनता माविको भवन निर्माणमा अनियमितता गरेको आरोपमा मरासेनीसहित लेखा अधिकृत सर्मेन्द्र प्रसाद चौधरी, भवन निर्माण समिति अध्यक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्तप्रसाद र कोषाध्यक्ष किरण देवी यादवलाई प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो।
उनिहरुविरुद्ध जनही ६ लाख ५८ हजार ४ सय ४० रुपैयाँ १६ पैसा बिगो दाबी गरिएको छ।
प्राविधिकले तयार गरेको मूल्याङ्कन र भुक्तानीका लागि स्वीकृत भएको टिप्पणीमा उल्लेख भए भन्दा बढी रकम उपभोक्ता समितिलाई भुक्तानी गरेको आरोप छ।






