.(खिमराज गिरी)
१२ भदौ , काठमाडौ । राजनीतिमा नैतिकताबिहीन पार्टी र नेतृत्व, कामचोर र नाफाखोर कर्मचारी प्रशासन, चार दशक भन्दा बढी गृह र बाह्य युद्दले क्षत- बिक्षत समाज, सामाजिक सम्बन्ध च्यातिएर गहिरिएको बर्गीय र लैंगिक खाडल, अनि जनमतलाई बिदेशी स्वार्थमा धरौटी राख्ने राजनीतिक संस्कारको दुश्चक्रममा निर्दोष अफगान जनता फँसेका छन ।
अपेक्षा गरेका छन बिदेशी सहयोगको तर दक्षिण एशियाका कुनैपनि रास्ट्र सहयोग गर्न तम्सिएका छैनन । तसर्थ अफगानिस्तानको भावी नेतृत्वले पनि चुनौतीकै चाङमा शासन गर्ने हो । किनकि पश्चिमाहरुको उध्येश्य फुटाउने र लुट्ने नै हो ।
बिहीवारको एक रास्टृय दैनिकमा बिमला पौडेलद्वारा लिखित “अफगानिस्तानको अन्योल ” शिर्षक लेखमा उल्लेखित बांक्याशहरु हुन यि । साच्चै नै, अफगानिस्तान एक कट्टर मुस्लिम बाहुल्यता भएको मुलुक हो । त्यहाँ अन्य धर्मावलम्बीहरुको बसोबास निकै कम रहेको छ । विशेषगरी अफगानिस्तानमा दुईथरी मुस्लिम समुदाय छन: सिया र शुन्य ।
सिया केही नरमपन्थी हुन भने शुन्य कट्टरपन्थीमा पर्छन । कट्टरपन्थी मुस्लिम समुदायहरु त्यहाँको समाजलाई पुरातनवादी ढाँचामा नै अगाडि बढाउन चाहन्छ । जस्तै : महिलाले अनिवार्य बुर्का लगाउनै पर्ने, राजनीतिक नेतृत्वमा महिलाको पहुँच कम, प्रशासनिक क्षेत्रमा पनि अग्रसरता कमै हुने, एउटा पुरुषले चारवटीसम्म श्रीमती बिबाह गर्न पाउने तर कुनैपनि बिबाहीत महिला परपुरुषसँग बोल्नसमेत नपाउने, यदि कुनैपनि ब्यक्तिलाई यौन दुराचारको कान्ड लागेको छ भने त्यस्ता ब्यक्तिलाई ढुंगाले हानेर मारिदिने , सन्तान छोरी धेरै भए भने बाउ आमा खुशि हुने किनकि, दाइजो दिनु नपर्ने, उल्टो दुलाहाको घरवाट पैसा आउने त्यसैले त त्यहाँका गरिब पुरुषहरुको बिबाह उमेर ढल्किंदासमेत हुँदैन । यस्ता किसिमका मुस्लिमहरु तालिवान ग्रुपमा पर्दछन ।
जुन ग्रुप सन १९८० भन्दा पहिला फ्रेन्चहरुसँग, १९८० पछि २००० सम्म रसियनहरुसँग लडाइ गरे र रसियनहरुको बहिर्गमनपश्चात सन २००० ताका शासन सत्ता आफ्नो हातमा लिएका थिए । तत्कालिन समयमा अमेरिकाले नेटो फौजको उपस्थित गराएर तालिवानलाई परास्त गरी आफ्नो पक्षको ब्यक्ति हमित कार्जाईलाई रास्ट्र प्रमूख बनाई अप्रत्यक्ष शासन संचालन गर्नथाल्यो । अमेरिका जसरी पनि अफगानिस्तानको ब्ल्याक डायमन्ड लैजान चाहन्थ्यो जुन कि अहिले कंगोमा पनि त्यस्तै प्रबृति चलाई राखेको छ ।
सन १९८० देखि १९९९ सम्म अफगानिस्तानमा रसियन फौजको वर्चस्व कायम रहे पनि कमसेकम उक्त मुलुकलाई एउटा उपहार छोडेर भागेका थिए । त्यो हो , सुरुङ मार्ग । अफगानिस्तानका प्राय : पहाडहरु छेडिएर सुरुङ मार्ग बनाइएको छ । रसियनहरुको त्यो बीस वर्षे बसाईमा केही बिकासका कार्यहरु भएपनि तिनीहरुको अत्याचार सहन नसकेर प्रत्येक अफगानीहरुले घर घरबाट भाला र बन्दुक लिएर उनीहरुलाई त्यहाँबाट सन १९९९ मा लखेटे । पछि तालीवानीहरुले देशलाई कब्जामा लिए । र त्यही अबसर छोपेर अमेरिकाले युएन फोर्स लाद्ने बहानामा हमिद कार्जाइसँग सम्झौता गरी उनलाई केही सर्तमा रास्ट्रपति बनायो ।
त्यो सर्त थियो अत्यन्तै महंगो धातु ब्ल्याक डाइमन्ड लैजाने । तदनुरुप सन २०१५ सम्म अमेरिकालगाएत अन्य मुलुकका सुरक्षाफौज पनि रहने सहमति भयो । यो अबधिमा अमेरिकाले त्यहाँ भएको महंगो धातु ब्ल्याक डाइमन्ड आफ्नो देशमा प्राय: लगिसकेको थियो । सन २०१५ पछि बिस्तारै अमेरिकन फौज हट्दै गयो तर तालिवान र अफगानी सरकारवीचको युद्द भने अझै मथ्थर भइसकेको थिएन । यसै बिचमा अमेरिकीहरुको करिव २३९१ खर्व रुपैया खर्च भइसकेको छ ।
त्यो रकम स्वास्थ्यमा खर्च गरेको भए उसले संसारमा फैलिएको एड्स रोग त कमसेकम उन्मुलन गर्न सक्थ्यो भन्ने बिज्ञहरुको आकलन छ । तदनुरुप यो वर्ष त तालिवान लडाकुले अफगानी सरकार बिरुद्दको आक्रमण ब्यापकरुपमा गरिराखेको थियो । हाल आएर गत हप्तादेखि त यो क्रम ब्यापकरुपमा अगाडि बढेपछि अफगानिस्तानमा रहेका ३४ प्रान्तमध्ये गत हप्ता १८ प्रान्त कब्जामा लिइसकेको थियो तालिवानले । सन २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा तालिवानद्वारा आक्रमण भएपछि अमेरिकाले सैन्य कारवाही थालेनुरुप तालिवान सत्ताच्युत भएको थियो ।
मुल त अमेरिकाको दुई उधेश्य थियो । पहिलो २००१ को आक्रमणको बदला लिनु र दोश्रो उधेश्य अफगानिस्तानमा भएको ब्ल्याक डाइमन्ड हाता पार्ने । यसैनुरुप नेटो फौज र तालिवानी युद्दमा दुबैतर्फ गरी लाखौं मानिसहरु हताहत भएका छन । यस्तो ब्यापक धनजनको क्षति भएर पनि तालिवानहरु आफ्नो देशको बेदेशी कठपुतली सरकारबिरुद्दमा लागि नै रहे ।
यसरी २०७८/०४/३१ मा अफगानिस्तानमा तालिवानले राजधानी काबुल नै कब्जा गर्ने प्रयास गरेपछि रास्ट्रपति असरफ घानीले सुरक्षाको कारण देखाई देशै छोडेर ताजिकिस्तानतर्फ लागेका थिए । अफगानी सरकार, लडाकु प्रतिनिधि , अमेरिकी प्रतिनिधि कतारमा भेट्वार्ताको तयारी भएतापनि उपलब्धि हाता लागेको छैन । तालीवानानीहरुले शान्तिपुर्वक सत्ता हस्तान्तरणको अपेक्षा गरेता पनि काबुललगाएत अन्य केही स्थानहरुमा अझै भिषण युद्द चलेर कयौं मानिसहरु हताहत भएका छन ।
त्यसैले यत्तिका वर्षसम्मको बिदेशी हस्तक्षेपले अफगानिस्तान राजनीतिक , सामाजिक तथा अर्थिक जर्जरताको मुलुककोरुपमा चिनियो । जुन स्वार्थको भूमरीमा नचाइएको थियो त्यो पूरा भएपछि बिदेशीहरु पाखा लागे तर अफगानिस्तान र त्यहाँका जनताको हालत भने अझै पनि परनिर्भरतामा बांच्नुबाहेक अरु बिकल्प केही छैन ।
हो, यहि तथ्यलाई हृदयंङम गरी नेपालका राजनीतिक दलहरु पनि राजनीतिक स्वार्थको गोरेटोमा सत्ताको लागि संखुवासभाका मत्ता हात्तीजसरी कुंदीरहने हो भने के नेपालको स्थिति पनि भोलीका दिनमा एमसीसीको नाममा लादिएको बिदेशी हस्तक्षेपले त्यस्तै जर्जर नहोला र ? हाल देउवा सरकारद्वारा सत्ता टिकाउनकै लागि संबिधान बिपरित ल्याइएको अध्यादेश कुनै खास स्वार्थप्रेरीत नेताहरुको लागि थियो भन्न सकिन्न र ? जव गत आषाढ २९ गते देउवा सत्तामा आए तव उनले एउटा मट्याङ्राले धेरै चराहरु पिजडामा कैद गर्न जानेर या नजानेर या परिबन्धले सफल त भए तर ती बाणहरु रामद्वारा कुम्भकर्णलाई हानेजस्ता दिगो थिएनन र भएनन पनि ।
किनकि, सत्ताको गोटी सम्हालेको ४५ दिन भइसक्दा पनि मन्त्रीमन्डलले पूर्णता पाउन सकेको छैन । अध्यादेश ल्याउंदा देउवाको पार्टीलाई फाइदा हो: सत्ता लम्बिने, जसले सहयोग गरेको हो उसको स्वार्थ पूर्ती हुने, कम्युनिस्ट पार्टी विशेषगरी एमाले र जसपा फुटाएर चुनावको लागि दाउ आफ्नो पोल्टामा राख्ने आदि फाइदै फाइदा भए पनि केपी ओलीलाई संबिधानबिपरितको कार्य भनि अध्यादेश फिर्ता गराइरहँदा आफु फेरि त्यहि गोरेटोमा कुध्दा जनताको नजरमा गिरिसकेका छन देउवा । फेरि भन्दैछन, यो अध्यादेश आफ्नै पार्टी नेपाली कांग्रेसको लागि घातक हुने र अर्का खेलाडी पुकदाको पार्टीको लागि पनि घातक हुने भएकोले निश्कृय पार्न सक्ने कानुनी परामर्श खोज्नुपर्यो ।
त्यसैले, नेपालजस्तो गरिब मुलुकको लागि राजनीतिक अस्थिरता निम्त्याएर फाइदा लुट्ने स्वदेशी तथा बिदेशी दलालहरुलाई नेपालवाट परास्त नगरेसम्म यहाँका केही राजनीतिक दलका नेताहरु दलालको आर्थिक प्रलोभनको भूमरीमा नाचिरहन्छन । जसले गर्दा न आर्थिक समुन्नति , न त सामाजिक उत्थान ! अनि सधैं अफगानिस्तानको जस्तो द्वन्दको भूमरीमा नाच्नुपर्ने बाध्यता कतिन्जेलसम्म ? यसको उत्तर र समस्याको समाधान निकाल्न त्यति सजिलो छैन र अहिलेको राजनीतिक द्वन्द र सत्तास्वार्थी नेतृत्वको चालबाजीले त झन नेपालमा फेरि पनि अस्थिरता निम्तिने संत्रास छाएको छ ।
त्यसैले, सवै राजनीतिक दल, बुद्दिजीवी, मानवधिकारवादी, विभिन्न दलका नेतामा बुद्दि नपलाए पनि कार्यकताहरुलगाएत सारा जनता सजग हुनुपर्ने बेला आएको छ । अफगानिस्तानको युद्दले दिएको उपहार सम्झि हामी सुधृने या राज नेता बन्ने नाममा सत्ताको कुर्चीमा जुका टासिए झै टांसिइरहने ! समयमा नै सचेत हौं ।
९८५११९२०८८


