सभामुखमा एमालेका उम्मेदवार घिमिरेलाई मतदान गर्ने जसपाको निर्णय -
Comments Add Comment

सभामुखमा एमालेका उम्मेदवार घिमिरेलाई मतदान गर्ने जसपाको निर्णय

५ माघ , काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले सभामुखमा एमालेका उम्मेदवार देवराज घिमिरेलाई मतदान गर्ने निर्णय गरेको छ । बिहीबार बसेको जसपाको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

पार्टीका प्रचारप्रसार विभागका प्रमुख पूर्ण वस्नेतका अनुसार संसदीय दलको बैठकले एमालेबाट सभामुखको उम्मेदवार बनेका घिमिरेलाई मतदान गर्ने निर्णय गरेको छ । देवराज घिमिरे सत्ता साझेदार दलका साझा उम्मेदवार हुन् ।

जसपा सरकारमा सहभागी नभएको कारण कांग्रेसका उम्मेदवार ईश्वरी न्यौपानेलाई मतदान गर्ने हो कि भनि आशंका भइरहेको बेला जसपाले यस्तो निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds