Comments Add Comment

कोदालोको बिडले प्रहार गरी हत्या गरेको अभियोगमा एक पक्राउ

१० मंसिर , काठमाडौँ । थाहा नगरपालिका-१२ गैरीगाउँ बस्ने ८९ वर्षीय आईत सिङ स्याङ्तानको कोदालोको बिडले प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ३५ वर्षीय टाईसन गोलेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूबीच एक-आपसमा भनाभन भई झै-झगडा हुँदा टाईसनले कोदालोको बिड प्रहार गर्दा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले टाईसनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै