Comments Add Comment

Advertisment

SKIP THIS

महिला क्रिकेट : प्रदेश नं १ विजयी

१५ फागुन, काठमाण्डौं । ललितपुर मेयर महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत आज भएको आफ्नो अन्तिम खेलमा प्रदेश नं १ ले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै जीत हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा प्रदेश नं १ ले ललितपुर मेयर्स ११ लाई २२ रनले पराजित पराजित गर्दै विजयी भएको हो । प्रदेश नं १ यसअघि नै फाइनल यात्राबाट बाहिरिइसकेको थियो । खेलमा १२० रनको लक्ष्य पछ्याएको ललितपुर मेयर्स १९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै मात्र ९७ रनमा समेटियो ।

ललितपुरका लागि सुमन खतिवडाले सर्वाधिक ४४ रनको योगदान दिइन भने अञ्जली विश्वकर्माले २१ रन जोडिन् । प्रदेश नं १ का लागि अलिसा खडियाले सर्वाधिक तीन विकेट हात पारिन् भने सवनम राईले दुई विकेट हात पारिन । त्यस्तै ज्योति दनुवार र सङ्गीता राईले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको प्रदेश नं १ ले निर्धारित २० ओभरमा छ विकेट गुमाएर ११९ रन जोडेको थियो । उसका लागि काजल श्रेष्ठले सर्वाधिक ४४ रनको योगदान गरिन् भने कप्तान रुविना क्षेत्रीले ३९ रन जोडिन् ।

ललितपुर मेयर्सका लागि खुसी डङ्गोलले सर्वाधिक दुई तथा अनुराधा चौधरीले एक विकेट हात पारे । प्रतियोगितामा प्रदेश नं १ ले चार खेलमा दुई जीत हात पारेको छ । यता ललितपुर मेयर्सले भने चारवटै खेलमा पराजय भोगेको छ ।

उक्त प्रतियोगितामा सशस्त्र प्रहरी बल ण्एपिएफ) र सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश गरिसकेका छन् । फाइनल खेल सोमबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै