
१८ पुष ,काठमाडौ । २०७४ सालको आमनिर्वाचन अगाडि ध्रुवीकरण भएको बाम गठबन्धनले एकपटक नेपालको क्रान्तिकारी वामपन्थी तथा देशभक्त शक्तिहरुलाई तरंगित बनायो र आम जनतामा रक्तसंचार गर्यो । त्यसको परिणाम स्वरुप मुख्य घटकहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र मार्फत ध्रुवित्रृmत हुने प्रक्रिया चल्यो र ती पार्टीहरु मार्फत बाम गठबन्धनमा एकीकरण हुने सिलसिला नै चल्यो । माओवादीबाट विभाजन भई टुक्रिएका कैयौँ सानातिना समुहहरुको र घटकहरुको पूनः माओवादी केन्द्रमा एकीकृत हुन पुगे ।
त्यस्तै अन्य संघर्षरत कतिपय घटकहरु, तिनीहरु पनि नेकपा एमालेमा एकिकरण हुनपुगे । त्यस्तै कैयौं एकीकरण हुन नसके पनि सहकार्य गर्न आइपुगेका थिए । जनमोर्चा, नेपाल पनि सिंगो पाटीनै २०७४ साल कात्तिक १४ गते एकतामा सामेल भयो र एमालेका तत्कालीन अध्यक्ष र जनमोर्चा नेपालका तत्कालीन अध्यक्ष द्धारा संयुक्त वक्तव्य नै जारी गरे, तर एकीकरण प्रक्रिया पुरा गरिएन ।
२०७४ साल जेठ २ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भयो । नेकपा–माओवादी केन्द्रले आफूसँग पार्टी एकतामा सामेल हुन आएका विभिन्न घटकहरुको नेतृत्व पंक्तिलाई पार्टीे एकतामा सामेल ग¥यो । तर नेकपा एमालेको नेतृत्वले पार्टी एकता भएर आएका सबैलाई किनारा लगाउँदै गयो । यसबारे एमालेको नेतृत्व इमान्दार देखिएन । जनमोर्चा, नेपाल नेतृत्व पंक्तीमा पार्टी एकता कुनै धोकामा परिणत हुने सम्भावना तत्कालै महसुस गरियो ।
बाम गठबन्धन निर्माण पश्चात भएको निर्वाचनमा प्रचण्ड बहुमत पनि हासिल भयो । उपेन्द्र यादव संगको सहकार्यमा २(३ को सरकार पनि चल्यो । सुधारका कार्यक्रमहरु अगाडि बढाउँदै छ कि भन्ने भान पनि पर्न गएको थियो । हाम्रो कर्तब्य यस सरकारलाई टिकाउनु र जनताका न्यूनतम रुपमा जनपक्षीय सुधारका कार्यक्रमहरु अगाडि बढाउन मद्दत गर्ने नै रह्यो ।



