Comments Add Comment

Advertisment

SKIP THIS

भिरमा अड्किएका गौतमको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

२१ माघ , काठमाडौ । पर्वत जिल्लाको कुश्मा नगरपालिका ५ स्थित बडागाउँ भिरमा अड्किएका एकजनाको सशस्त्र प्रहरीले आज सकुशल उद्धार गरेको छ ।

सोही जिल्लाको कुश्मा नगरपालिका ७ दुर्लुङ्गचोक बस्ने ५३ वर्षीय गौतम गिरी हिँड्ने क्रममा यही हिजो बिहीबार भिरमा खसेका थिए ।

सोबारे स्थानीयले सशस्त्र प्रहरी बल, नम्बर २५ गण चण्डिका पर्वतलाई जानकारी गराएपछि उक्त गणबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको कमाण्डको टोलीले उनलाई रोप रेस्क्यु विधिबाट करिब १५ मिटर तलबाट सशुकल उद्धार गरेको हो ।

उद्धारपश्चात् उनलाई उपचारको लागि जिल्ला अस्पताल पर्वततर्फ पठाएइको र उनको अवस्था भने सामान्य रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै