पोखराको सभागृहचोकमा आज एकाबिहानै मालबाहक ट्रकले स्कुटरलाई ठक्कर दिएर किच्दा एक जना कलेजकी छात्राको मृत्यु भएको छ।
बिहान करिब ६ बजे बाटो काट्ने क्रममा ना ६ प ४७२५ नं को दश चक्के मालवाहक ट्रकले ग१६प ६५९८ नम्बरको स्कुटरलाई ठक्कर दिदा पोखराको बगालेटोलस्थित हिमाल म्यानेजमेन्ट कलेजको कक्षा ११ मा अध्ययनरत वर्ष १८ की अञ्जना पाइजाको मृत्यु भएको हो।
सई शिव पाठकका अनुसार, पोखरा–१५, नयाँ गाउँस्थित घरबाट स्कुटर चलाएर कलेज आउँदै गर्दा सो दुर्घटना भएको हो। दुर्घटना पश्चात गम्भीर घाइते भएकी पाइजालाई उपचारार्थ गण्डकी मेडिकल लगिएकोमा अस्पतालालले उनलाई मृत घोषणा गरेको बताइएको छ। उनीसंगै स्कुटरको पछाडी बसेकी छात्रा मिना गुरुङ भने सामान्य घाइते भएको प्राप्त जानकारीमा उल्लेख छ।
उक्त घटना पश्चात प्रहरीले तनहुँ व्यास नगरपालिका ११ घर भएका ट्रक चालक रबिन श्रेष्ठलाई आबश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ।




