Comments Add Comment

Advertisment

SKIP THIS

एमाले कार्यकर्ताद्धारा बाजा बजाउनेलाई निर्घात कुटपिट

०५ जेठ , काठमाडौं । एमालेले विजय हासिल गरेको उपलक्ष्यमा बिरुवा गाँउपालिका मेथाभूरुङमा आयोजित भोजमा बाजा बजाउन बोलाइएका दलितमाथि एमाले कार्यकर्ताले निर्घात कुटपिट गरेका छन् ।

भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा विजयी एमालेबाट पालिका अध्यक्षका उम्मेदवार सूर्यबहादुर कुँवरद्धारा आयोजित विजय भोजमा बाजागाजा गर्न बोलाइएका वडा नं. ८ का दमाईमाथि कांग्रेसलाई भोट हालेको निहुँमा कुटपिट भएको पीडित मध्यका एक ढालबहादुर परियार ‘जुठे’ले नेपालबहसलाई जानकारी दिए ।

हिजो मंगलबार साँझ अध्यक्षमा निर्वाचित कुँवरको घर मेथाभूरुङमा आयोजना गरिएको भोजमा बाजा बजाउन निम्त्याइएका जुठे भनिने ढालबहादुर परियार, काजी परियार र ताराबहादुर परियारमाथि सत्ताउन्मादमा उम्लिएका एमाले कार्यकर्ताहरु मालमुलका भालु भनेर चिनिने व्यक्ति, बिरुवा बजारका नशिप मिया र टोड्के मुलाबारीका शिशिर गुरुङले हातपात गर्दै मुक्का प्रहार गरेका थिए ।

सो आक्रमणबाट तारा परियारको मुखमा गम्भीर चोटपटक लागेको छ भने काजी परियारलाई पनि अनुहारमा सिसाले हानेर रगताम्य बनाइएको तथा अन्यलाई धम्की दिइएको बताइएको छ । पीडितहरु यतिबेला सो घटनाको उजुरी गर्न प्रहरीको जान लागेको बताइएको छ । बिरुवा गाँउपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा एमालेले थोरै मतान्तरले मात्र जित हात पारेको छ । घटना बारे अध्यक्ष कुँवरसँग जानकारी लिन नेपालबहसले सर्म्पक गर्दा उनको फोन उठेन ।

दलितमाथि भएको यो गम्भीर घटनाको भत्र्सना गर्दै दोषीमाथि कडा कारवाही गर्न नेपाली कांग्रेसका यूवा नेता एवं महाधिवेशन प्रतिनिधि इन्द्र बहादुर रिजालले माग गरेका छन् । घटनाको प्रहरी प्रशासनले यर्थाथता छानविन गर्नुपर्ने, कांग्रेसलाई भोट हालेकै निहुँमा बाजा बजाउन बोलाएर किन कांग्रेसलाई भोट हालिस् भन्दै थर्काउने र कुटपिट गर्नु सत्ताउन्मादको पराकाष्टा भएको यूवानेता रिजालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै