Comments Add Comment

Advertisment

SKIP THIS

रसुवाबाट प्रतिनिधि र प्रदेशसभाका लागि २९ जना उम्मेदवारको मनोनयन दर्ता

२४ असोज , काठमाडौं । आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि रसुवाबाट २९ जना उम्मेदवारले मनोनयपत्र दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको विवरणअनुसार एक निर्वाचन क्षेत्र रहेको प्रतिनिधिसभाका लागि ११ र दुई प्रदेशसभाका लागि नौ–नौ जना उम्मेदवारले आ–आफ्नो मनोनयन पत्र दाखिला गरेका हुन् । प्रतिनिधिसभाका लागि तीन स्वतन्त्र र आठ राजनीतिक दल, प्रदेशसभा तर्फको (क) र (ख)मा एक–एक स्वतन्त्रसहित आठ–आठ वटा राजनीतिक दलका प्रतिनिधिले मनोनयन पत्र दर्ता गरेका हुन् ।

प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका मोहन आचार्य, नेकपा (एमाले)को तर्फबाट छोवाङ तेन्जिङ तामाङसहित नेकपा (एकीकृत समाजवादी) मङ्गोल नेशनल अर्गनाइजेशन, नेमकिपा, जनसमाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र तामसालिङ लोकतान्त्रिक पार्टीका उम्मेदवारले समेत दर्ता गराएका छन्। लीलाबहादुर न्यौपाने, रामशरण पौडेल र कर्सावाङ्दी तामाङले स्वतन्त्र उमेदवारी दिएका छन् ।

जिल्लाको प्रदेशसभा (क) बाट गठबन्धन तर्फबाट कांग्रेसका प्रभात लामा, एमालेका कुलप्रसाद भट्ट, एकीकृत समाजवादीका सनथ देवकोटालगायत राप्रपा, नेमकिपा, तामसालिङ लोकतान्त्रिक पार्टी, मङ्गोल नेशनल अर्गनाइजेशन, जनसमाजवादीसमेतले मनोनयन दर्ता गराएका छन् ।

यस्तै प्रदेशसभा (ख)मा गठबन्धनबाट माओवादी केन्द्रका इन्द्रप्रसाद गोतामे, एमालेका तेम्व्रेल तामाङ, एकीकृत समाजवादीका रामप्रसाद न्यौपाने, कांग्रेस (बीपी)को तर्फबाट शारदाकुमार न्यौपानेलगायत राप्रपा, तामसालिङ लोकतान्त्रिक, मङ्गोल अर्गनाइजेशन, नेमकिपासमेतले मनोनयन दर्ता गराएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै