Comments Add Comment

Advertisment

SKIP THIS

साउदीमा अलपत्र नेपाली युवा भन्छन् : हाम्रो उद्धार भएन भने मर्छौ

२६ बैशाख , काठमाडौं । साउदी अरब पुगेका ४८ जना नेपाली युवा अलपत्र परेका छन् ।

आकर्षक रोजगारीको प्रलोभनमा परेर दलालमार्फत साउदी अरब पुगेका ४८ जना नेपाली युवा विगत तीन/चार दिनदेखि भोकभोकै छटपटाई रहेका छन् ।

काठमाडौँमा रहेको टोकियो ओभरसीज, वर्क फोर्स सर्भिसेज र डि प्रोटोन म्यानपावर प्रालि मार्फत साउदीको रियादस्थित अलमराजमा रहेको डेलिभरी टाइम कम्पनीमा पोल्टी फर्मको काममा भनेर त्यहाँ पुगेका थिए ।

म्यानपावरले सम्झौता गरेअनुसारको काम र तलब नपाए पनि जस्तो तसो काम गरिरहेका उनीहरूलाई कम्पनीमा कार्यरत एक जना नेपाली गणेश कार्की आएर अर्को ठाउँ काम गर्नु पर्ने भयो भन्दै सात जनालाई लिएर गएको र उनीहरूलाई अर्को ठाउँमा काम नलगाई जेलमा हालेपछि आफूहरूले काम बन्द गरेको सुनसरीका महमद राम्जान मियाले बताए ।

कम्पनीले बिना कारण साथीहरूलाई जेल हालेपछि आफूहरूले काम बन्द गरेको र अहिलेसम्म किन काममा नआएको भनेर सोध्न पनि कोही नआएको उनले बताए । उनीहरूले काम बन्द गरेपछि कम्पनीले नयाँ मान्छे हालेको र उनीहरूलाई निकालेपछि अहिले केही दिनदेखि भोकभोकै खाना नपाएर धेरै नेपाली युवाहरूको रुवाबासी भएको मियाले बताए ।

‘केही दिन त हामीले अन्य कम्पनीका साथीहरूसँग मागेर भएपनि एक छाक खाना खायौ, उनीहरु पनि विदेशमा केही कमाउन आएका हुन् कति दिन अर्काको आशमा बस्ने ,’ उनले भने, हाम्रा धेरै साथीहरू खान नपाएर बिरामी हुन थालिसके, अझै केही दिनमा हाम्रो उद्धार भएन भने अब मर्नु बाहेक केही छैन ।’

म्यानपावरले पनि अहिलेसम्म सम्पर्क नगरेको र आफूहरूले पटक-पटक सम्पर्क गर्दा पनि फोन नउठाएको उनीहरूले बताए । सबै साथीहरू हरेस खाइसकेको भन्दै तत्काल उद्धार नगरे सबैले देहत्याग गर्ने उनीहरूले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै