१ नं. प्रदेश प्रहरी कार्यालयले मातहतका ७ जिल्लाका प्रमुख सहित १२ जना प्रहरी कर्मचारीहरुलाई रेडर्कमा जनिने गरी पुरस्कृत गरेको छ ।
१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले १ नं. प्रदेश मातहतका जिल्ला प्रमुखहरुलाई पुरस्कार दिएका हुन ।
पुरस्कृत हुने अधिकारीमा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी संजय सिंह थापा,जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइराला , जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी सुवास चन्द बोहरा उनीहरुलाई जनही १ हजार ४ सय रुपैयाँले पुरस्कृत गरिएको हो ।
यस्तै,जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदी, जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख डिएसपी सुनिलजंग शाह, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी कैलाश राई , जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रमुख डिएसपी शुकदेव खनाललाई पनि जनही १ हजार तिन सय रुपैयाँले पुरस्कृत गरिएको छ ।
स्थानीय निर्वाचनलाई शान्तिपूर्ण एवं त्रुटिरहित सम्पन्न गराउन प्रभावकारी भूमिका खेलेको भन्दै १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले उनीहरुलाई पुरस्कृत गरेका हुन् ।







