Comments Add Comment

Advertisment

SKIP THIS

१५ तले भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु

१४ साउन , काठमाडौँ । मस्कोको एउटा १५ तले भवनमा राति आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । फायर अलार्मले काम नगरेको अधिकारीहरूले बताएका छन् ।

दक्षिणपूर्वी जिल्लाको भवनमा आगलागी भएको आपराधिक कार्यहरूको अनुसन्धान गर्ने निकायले भनेको छ । आगलागीका चार घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।

भवनको भुइँ तल्लाबाट आगलागी भएको थियो । मध्यरातपछि आगो निभाइएको थियो । आगलागीपछि २०० भन्दाबढी मानिसहरूलाई बाहिर निकालिएको थियो । भवनको फायर अलार्मले काम नगरेको र भवनका झ्यालका बार धातुले बनेकोले त्यहीभित्र मानिस फसेको आपत्कालीन सेवाका एक अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment