२ भदौ , काठमाडौ । सडक अलपत्र पार्दै घरबेटी शिर्षकमा प्रचन्डका घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीको ठेकेदारी प्रबृत्तिवारेको लेख पढेर केही लेख्न मन लाग्यो ।
पूर्वप्रधानमन्त्री तथा २०६२/६३ को आन्दोलनपछि कुनै न कुनै रुपमा सत्ताको बागडोर आफ्नै हातमा पार्दै आएका प्रचन्ड लामो समयदेखि उनै ठेकेदार अधिकारीको घरमा बस्दै आएका छन ।
सायद, प्रचन्डकै आड भरोसामा ठूला ठूला ठेक्कापट्टा शैलुङ कन्स्ट्रक्सनको नाममा आफ्नो कावुमा पार्न सफल ठेकेदार अधिकारी बिगत लामो समयदेखि नेपालमा धेरै आयोजनाहरु अलपत्र पार्दै आइरहेका भएपनि सायद राजनेताहरुको आड भरोसाले होला निर्धक्क तरिकाले छाती फुलाएर हिडेका छन ।
उनलाई कुनैपनि आयोजनाहरु समयमा सक्नु भन्दा नि राजनीतिक आड भरोसामा योजनाहरु पार्ने , ठेक्कापट्टाको नीतीनियम बिपरित काम शुरु गर्नु भन्दा पहिला २५ ५ रकम अग्रिम असुल्ने, सम्बन्धित ठाउँमा बुझो लगाउने, कहिंबाट बिरोध आयो भने डनहरु अघि पछि लिएर हिड्ने, काम पूरा नसके पनि कयौं पटकसम्म म्याद थप्दै जाने, केही अप्ठ्यारो स्थिति आइलाग्यो भने प्रचन्डलाई गुहार्ने आदि उनको दैनन्दिनी बन्दै आइरहेको छ ।
तर, यस्ता लुटेरालाई कारवाहीको दायरामा ल्याउनुको सट्टा राज्यले उल्टो संरक्षण गरेर पटकपटक म्याद र बजेट थप्ने काम गरेपछि यस्ता लुटतन्त्रले गर्दा यो देशमा सरकार छ या छैन भन्ने अनुभूति जनताले गर्न पाएका छैनन नै ।
उता देशका विभिन्न भागमा दलालहरुको मिटर ब्याजको बढ्दो चलखेलले सोझासाझा ब्यक्तिहरु आक्रान्त छन र न्यायको लागि सरकारको सिंहदरवारको ढोका घचघच्याउँदा पनि न्याय पाइरहेको स्थिति छैन ।
बजेट भाषणमा पनि भएका उधोगहरुको आयातित कच्चा पदार्थमा भन्सार महशुल र आन्तरिक राजस्व बढाइनाले बिराटनगरलगाएत देशका विभिन्न ठाउँका उधोगधन्दा फेरि बन्द हुन पुगेका छन । न्यायालय नकाम छ । परराष्ट्र नीति गोलमाल छ । राष्ट्रियता धरापमा छ । तसर्थ चुनावपछिको गठबन्धन त ठीकै हुन्थ्यो होला तर अहिले चुनाव अघिको यो गठबन्धनले न नीति, सिद्दान्त तथा सहि नेतृत्व पाउँछ , न त बिकास र समृद्दिको आधार स्तम्भ नै ।
यस्तो गठबन्धनको सरकार हुँदा मुलुक कसरी असफल बन्छ भन्ने यो अहिलेको ज्वलन्त उधाहरण हो ।
खिमराज गिरी


