Comments Add Comment

Advertisment

SKIP THIS

सोलुखुम्बु प्रहरीद्वारा विश्व आत्महत्या रोकथाम तथा सचेतना कार्यक्रम भव्यताका साथ सम्पन्न

सोलुखुम्बु प्रहरीद्वारा विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा समुदाय प्रहरी- साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको आयोजनामा संचालित एक दिने आत्महत्या रोकथाम सम्बन्धी देशव्यापी सचेतना कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।                                                                           

कार्यक्रमका प्रमुख अतिथि सोलुखुम्बु जिल्ला अदालतका न्यायाधीश प्रकाश कुमार अधिकारीले प्रहरीले देशव्यापी संचालन गरेको कार्यक्रम अत्यन्त महत्वपुर्ण रहेको हुँदा यसले सरकार लगायत सरोकारवाला निकायहरुलाई एकपटक झकझकाएको छ । सरकारलाई आत्महत्या रोकथामको लगि नीति बनाउन फलदायी हुने बताउनु भयो ।                                                                           

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले धन्यवाद ज्ञापन गर्दै सोलुखुम्बु जिल्लाभर आत्महत्याको वर्तमान अवस्था चुनौतिहरु तथा सम्भाव्य रोकथामका उपायबारे प्रस्तुतिकरण गर्नु भएको थियो ।                                                                                                              कार्यक्रममा सोलुखुम्बु बहुमुखी क्याम्पसमा कक्षा ११ मा अध्ययनरत विद्यार्थीले आत्महत्या सम्बन्धी जनचेतनामूलक कविता प्रस्तुत गर्नुका साथै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तर्फबाट जनचेतनामूलक नाटक प्रस्तुत गरिएको थियो।                                                                         

उक्त कार्यक्रममा सोलु दुधकुण्ड नगरपालिकाका उप-प्रमुख,सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, चिकित्सक, सहायक जिल्ला न्यायाधीवक्ता, क्याम्पस तथा विद्यालयका प्रमुख,स्थानिय तहका जनप्रतिनिधिहरु,पत्रकार मित्रहरू,क्याम्पस तथा विद्यालयका विद्यार्थीहरु लगायत जिल्ला स्थित सरकारी तथा गैर सरकारी समबद्ध सरोकारवाला निकायका प्रतिनिधिहरु समेत गरि कार्यक्रममा ३०० जना को सहभागिता रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै