Comments Add Comment

Advertisment

SKIP THIS

सरकारले तनहुँको आँबुखैरेनीमा बालसुधारगृह निर्माण गर्ने

१६ जेठ ,काठमाडौ । सरकारले तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मा बालसुधारगृह निर्माण गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष ०७८-७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ढकालटारमा बालसुधारगृह निर्माणका लागि बजेट विनियोजन गरिएको जानकारी गराउनुभयो ।

ढकालटारमा बालगृह स्थापनाका लागि गत चैतमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले स्थलगत अनुगमन गर्नुभएको थियो । नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको जग्गामा मन्त्रालयले बालगृह स्थापना गर्न लागेको छ ।

ढकालटारमा प्राधिकरणको स्वामित्वको ५४ रोपनी जग्गा छ । त्यसमध्ये २८ रोपनी जग्गामा बालगृह निर्माण गरिनेछ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले आँबुखैरेनीमा बालसुधार गृह निर्माण गर्ने सरकारको निर्णयप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै