१७ कात्तिक , काठमाडौ । आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा देश होमिएको छ । मंसिर ४ गते हुने निर्वाचनका लागि विभिन्न राजनीतिक दलले आफ्ना उम्मेदवार चुनावी मैदानमा खडा गरिसकेका छन् । तिनै उम्मेदवारहरु यतिबेला जनता रिझाउन अभ्यस्त छन् ।
हो, यही मेलोमा छन् बाग्मती प्रदेश समानुपातिकबाट उम्मेदवार बनेका बिष्णु अर्याल पनि । अर्यालको राजनीतिमा त्याग र समर्पणको गाथा भने गर्विलो छ ।

अर्यालले २०४० सालमा पार्टी संम्पर्क स्थापना गराई जनपक्षीय उम्मेदारलाई जिताउने अभियान समेत बनाएका थिए । अर्यालले पार्टीका निम्ती कसिलो काम गदै आएकाले उनलाई २०४८ सालमा नेकपा एमालेको सदस्यता समेत प्राप्त गराइएको थियो । काठमाडौं क्षेत्र नं ७ मा अर्याललाई पुराना खेलाडीका रुपमा पनि चिनिन्छ ।
को हुन् त बिष्णु अर्याल ?
यही भुमरीमा रुमल्लिएका अर्याल पुराना साम्यवादी नेताका रुपमा चिनिन्छन् । २०४० साल बाट काठमाडौंको तारकेश्वर ३ जीतपुर फेदीमा अर्यालले पञ्चायती शासककाविरुद्ध खरो रुपमा उत्रिए, जसले उनलाई राजनीतिमा स्थापित गर्न सहज बनायो ।
२०५५ सालमा नेकपा एमालेका क्षेत्रीय समन्यन संगठन राजनीतिमा होमिएका अर्यालले बिद्यालय व्यवस्थापन समिति , किसान संगठन, गाउ पार्टी कमिटि हुँदै पार्टीको आन्तरिक संगठन निर्माणमा समेत लागिरहे ।

हाल नेकपा एकिकृत समाजबादीको बागमती प्रदेश कमिटीको सदस्यको जिम्मेवारीमा रहेका उनी यसअघि काठमाडौं जिल्ला कमिटी सदस्य र २०६५ सालमा एमाले आठौ माहाधिबेश र २०७० मा नर्वौ माहाधिबेशनमा निर्वाचित प्रतिनिधि जिम्मेवारीमा रहेर काम गरिसकेका उनी २०४९ र २०५४ सालमा दुई कार्यकाल समेत जितपुरफेदी गा बि स का प्रमुख रहेर अर्यालले जनताहरु माझ काम दिलाई जनताको विश्वास जितिसकेका छन् ।
यतिबेला जनतामाझ रहेका अर्याल बढ्दो मूल्यवृद्धिका विरुद्ध सशक्त आवाज बुलन्द गर्न र शिक्षा क्षेत्रलाई पुर्नताजकीका साथ अघि बढाउने आफ्नो मूख्य एजेण्डा रहेको बताउँछन् । साथै, समाज रुपान्तरणमा कोशेढुङ्गाको रुपमा आफू र पार्टी कार्यकर्ताको भूमिका निभाउन, काठमाडौं–७ मा रहेका ऐतिहासिक स्थलहरुको प्रवर्द्धन र संवर्द्धन गर्न, सांगठनिक अराजकता परास्त गर्ने भूमिका निभाउन आफ्नो उम्मेदवारी रहको प्रष्ट पारे ।
२०४७ सालमा युवा संघ नेपालको जितपुर शाखा संस्थापक अध्यक्ष समेत रहेर काम गरिसकेका अर्याल हाल बाग्मती प्रदेश समानुपातिकबाट उम्मेदवार चुनावी माहोलमा होमिएका छन् । के अब जनताले उनलाई त्यसको जिम्मेवारी देलान् कि नदेलान् हेर्न बाँकी नै छ ।





