२ मंसिर , काठमाडौँ । दाङमा चक्कु देखाएर अटोमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार गएराति तुलसीपुरबाट जुम्लेकुला जाँदै गरेकाे भे १ ह ५४४३ अटाे नियन्त्रणमा लिइ शान्तिनगर गाउँपालिका-४ रानीवनको जङ्गलमा लुटपाट गरेका गरेको आरोपमा सोही गाउँपालिका-४ जुम्लेकुलाका २६ वर्षीय गोविन्द केसी र तुलसीपुर-५ बसपार्कका १९ वर्षीय आशिष परियारलाई पक्राउगरेको हो ।
अटाे चालकको साथमा रहेकाे २ हजार ९ सय २० रुपैयाँ र मोबाइल लिएर भाग्दै गरेको अवस्थामा उनीहरुलाई शान्तिनगर मतदान केन्द्रमा खटिएकाे प्रहरी टाेलीले पक्राउ गरेकाे हाे ।



