१० पुष , काठमाडौं । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले दिएको समय सकिन लागेपछि सत्ता गठबन्धन गम्भीर छलफल जुटेको छ ।
सरकार गठनका लागि सहमति जुटाउन अहिले प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक जारी छ । निर्णाय भनिएको बैठकमा गठनन्धनमा रहेका शीर्ष नेताहरु सहभागी छन् ।
बैठकमा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका शीर्ष नेताहरु बैठकमा सहभागी छन् ।
यस्तै, बैठकमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि सहभागी भएका छन् । गठबन्धनको बैठक बस्नुअघि देउवा र प्रचण्डबीच ‘वान टु वान’ छलफलल भएको थियो । त्यसलगत्तै कांग्रेसका नेताहरुको बेग्लै छलफल भएको थियो ।





