Comments Add Comment

Advertisment

SKIP THIS

कंलकी ट्राफिकद्वारा ब्लड क्यान्सर भएका ऋषिराम कार्कीलाई आर्थिक सहयोग

महानगरीय ट्राफिक प्रभाग कंलकीले ब्लड क्यान्सर भई उपचारर्थ ऋषिराम कार्कीलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कंलकीमा कार्यरत प्रहरी सहायक हवल्दार सिता वलीका श्रीमानलाई ब्लड क्यान्सर भई सिभिल अस्पताल बानेश्वरमा उपचारार्थ रहेका र उपचारमा खर्च जुटाउन असहज भईरहेको अबस्थामा महानगरीय ट्राफिक प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक सरोज ठकुराठिको बिशेष सक्रियतामा संकलित पन्ध्र हजार पाँच सय पाँच रुपैंया सहयोग स्वरुप रकम आज हस्तान्तरण गरेको हो ।

प्रहरी सहायक हवल्दार सिता वलीका श्रीमानको उपचारमा हुने आर्थिक अभावलाई सहयोग गर्न कंलकि ट्राफिकमा कार्यरत सम्पुर्ण ट्राफिक प्रहरी कर्मचारीहरुले स्वस्फुर्त रुपमा सहयोग रकम संकलन गरेका हुन । आर्थिक अवस्था कमजोर भएका कारण थप उपचारका लागी हामीले आर्थिक सहयोगको सुरुवात गरेको महानगरीय ट्राफिक प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक सरोज ठकुराठिले न्युज24ग्यालेक्सीलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै