१२ माघ , काठमाडौ । गत मंगलवार मात्र एक होनहार युवा उद्यमी तथा ब्यवसायी प्रेमप्रसाद आचार्य सन्तोष (जन्म २०४३ भाद्र ), वतन सुर्योदय (फिक्कल)(११, केराबारी, इलाम, प्रदेश १० ले आफ्नै शरिरमा आगो लगाएर बानेश्वर अन्तरास्ट्रिय भवन अगाडि आत्मदाह गरेको खवरले ज्यादै स्तब्ध तुल्याएको छ ।
गणतन्त्र नेपालको नागरिक भएको पनि आज करिब दुई दशक पुग्न लागिसकेछ । जनताले सोचेका थिए स् नेपालमा राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक, सांस्कृतिक तथा धार्मिक क्षेत्रमा पनि परिवर्तन पक्कै हुनेछ । सृजनशील युवा बर्ग बिदेशीने वातावरण बन्ने छैन । प्रेमप्रसादजस्ता युवाहरुले आत्मदाह गर्ने अवस्था आउने छैन । राजनीतिक धरातलमा इमान्दारीता र नैतिकताको खडेरी लाग्ने छैन । नेतृत्वमा पुग्न मनी र मसलको प्रयोग हुने छैन ।
तर हाता पर्यो यसको बिपरित परिणाम १ सायद , यस्तै बितृष्णा र बिसंगतीको उपजले होला, कतिपय आफ्नै कमिकमजोरीहरुको वावजुद मृत्यु नै अन्तिम बिकल्प त थिएन उनको लागि । तर , देशका प्रशासकहरुको अकर्मन्यताको कारण उनीजस्ता कयौं युवाहरु आफ्नो र घर परिवारका लागि सुन्दर सपनाहरु बोकेर बिदेशीन बाध्य छन । कारण देशमा उचित ब्यबस्थापन हुन नसकेर नै हो ।
परिवार, समाज र देशप्रतिको जिम्मेवारी बहन गर्दै अगाडि बढिरहेका ती युवाले मृत्यु नै अन्तिम बिकल्पको रुपमा रोज्नुको कारण ३६ औं वसन्त पार गरी सक्दा पनि गरिएका कर्मबाट केही उपलब्धी हाँसिल गर्न नसकेको, राज्य तथा अन्य विभिन्न निकाएबाट भएको असहयोग, यो देशमा पढ्दा, जागिर खाँदा, ब्यपार गर्दा, बैदेशीक रोजगारमा जाँदा एवम उद्योग चलाउँदा भोग्नु परेका विविध समस्या र ती समस्याहरुबाट पाएको शून्य उपलब्धी नै उनको मृत्युको कारण बनेको भनी सामाजिक संजालमा चर्चा गरिएको छ ।
तसर्थ , हाल गठीत दाहाल सरकारकासामू यस्ता धेरै क्षेत्रहरुमा भएको बिकृत्ति र बिसंगतीहरुका चांङ छन । जतिसुकै सरकार परिवर्तन भए पनि, आश्वासनका पोकाहरु जति बाँडे पनि आखिर देशमा भएका युवा जमात बिदेशीने क्रम जारी छ । कि त उदास मनस्थितिमा घरपरिवार, देश, समाज तथा साथिभाइको उपेक्षाको कारण सृजनशील, उधमी तथा पौरखी हातहरु हुँदाहुँदै पनि मृत्युको मुखमा जान बाध्य छन । आज यस्तै बाध्यताका भूमरीमा सर्वसाधारण जनताहरु पिल्सिएर सरकारसामू यस्ता कयौं प्रश्नहरु उब्जिएका छन ।
तर यसको उत्तर अहिलेसम्म कुनै सरकारले पनि दिन सकेको छैन किन रु अहिले कांग्रेससँगको गठबन्धन टुटेर नेकपा एमालेलगाएत अन्य दलसँग गठबन्धन गरी सरकारको नेतृत्व तेश्रो ठूलो दलका नेता प्रचन्डको हातमा पुगेको पनि आज करिब एक महिना पुगिसक्यो । पूर्व केपी ओली सरकार फालेर कांग्रेस र नेकपा समाजवादी दलसँगको लगनगाँठो मजवुत पारी चुनावपछि पनि गठबन्धनलाई निरन्तरता दिने बचनबद्वता प्रकट गरेका दलहरुमा पहिला सरकारको नेतृत्व कसले गर्ने भन्नेमा देउवा र प्रचन्डवीचमा कुराकानी नमिलेपछि अन्ततस् दाहालले आफ्नो कित्तै परिवर्तन गरी प्रधानमन्त्री बन्ने अवसर पाएका छन । र, हाल मन्त्रीमन्डलले पनि करिब पूर्णता पाउन लागिसकेको छ ।
महत्वपूर्ण पदको सम्झौताअनुसार एमालेको भागमा परेको सभामुख र राष्ट्रपतिमध्ये सभामुख एमालेका देवराज घिमिरे भइसकेका छन र उपसभामुख पद पनि रास्वपाकी इन्दिरा रा। म। को हातमा परेको छ । प्रदेश सरकारको भागबन्डा पनि करिब मिलिसकेको छ । गन्डकी प्रदेश सरकारले १२ वटा मन्त्रालयलाई घटाएर ७ वटामा राख्ने निर्णय गरेसँगै अन्य प्रदेशले पनि यही सिको सिकुन भन्ने आम मानिसको चाहना छ ।
यसरी पूर्व सम्झौतानुरुप राष्ट्रपति पद एमालेको भागमा भनिएको भए पनि अहिले उक्त पदको लागि को उपयुक्त हुने वा बन्ने भन्नेमा निकै रहस्य र व्यापक अन्योलको परिस्थिति उत्पन्न भएको छ । पदको आकांक्षीहरु धेरै छन । अन्तरास्ट्रिय शक्ति केन्द्रसमेत गोप्यरुपमा लागिपरेको हल्ला व्यापक छ ।
तथापी, दाहाल सरकारलाई कांग्रेसले विश्वासको मत दिएसँगै प्रधानमन्त्री दाहालको मन केही पग्लिनु, कांग्रेसमा पनि आशाको किरण झुल्किनु, उता गोप्यरुपमा विभिन्न पात्रहरुको पदलोलुप प्रवृत्ति देखिनु, एमाले संशंकित हुनु आदि कारणले उक्त पद कसले हत्याउँछ भन्नेमा अझै अन्योल देखिएको छ एकातिर भने अर्कोतिर सायद, अहिलेको गठबन्धन अहिलेसम्म पूर्व सम्झौता अनुसार नै चलेको देखिनु, कांग्रेसका शेखर प्यानलका नेताहरुमा सरकारलाई दिएको विश्वासको मतप्रति देखिएको उदासी पन र विश्वासको मत फिर्ता लिने सम्मको गोप्य कुराको जानकारी विभिन्न अनलाइन मिडियाहरुमा आउनु, कासंग्रेसका आम कार्यकर्तालगाएत सारा जनताले कांग्रेसले प्रतिपक्षमा बस्ने हैसियतसमेत गुमाएको भनि व्यापक बिरोधको आवाज निकाल्नु, अरु त के प्रतिपक्षको लागि महत्वपूर्ण पद मानिने संबैधानिक परिषदसमेतमा पूर्णबिराम लाग्नु आदि कारणले सायद, हालको गठबन्धन दलका कुनै पनि नेताहरु सम्झौता बिपरित जाँदैनन कि भन्ने छनक देखिएता पनि २०४६ सालको प्रजातन्त्रपश्चात प्रजातन्त्र जोगाउनकै लागि पनि दलहरु एक आपसमा जसरी मिलेर जानू पर्दथ्यो त्यो नभएर सत्ताकै लुछाचुँडीले तत्कालिन समयमा कांग्रेसको लागि सुर्यबहादुर थापा प्यारा भए भने कम्युनिष्टका लागि लोकेन्द्रबहादुर चन्द ।
उता प्रजातन्त्रको लागि लडेका योद्वा शेरबहादुर देउवा भने सत्ताको लोभ र लालचमा फँसी तत्कालिन राजा ज्ञानेन्द्रद्वारा असक्षमताको पगरी गुँथाइयो तैपनि प्रजातान्त्रिक नेताप्रतिको रोष त्यस समयमा पनि जनतामा प्रकट नभएको होइन । बिगतमा जन अन्दोलनका प्रमूख दलहरुको एकआपसमा शंकाको वातावरण पैदा हुने र पद, पैसा र प्रतिष्ठालाई नै राजनीतिको केन्द्रबिन्दु बनाइनाले पनि हाल सरकार बनाउन छर सातवटा दलहरु मिल्नुपरेको अवस्था सिर्जना भएको कुरा सर्वबिदितै छ नै । यसमा फेरि पनि देशीबिदेशी शक्तिहरु आ( आफ्नो कित्ता मिलान गर्न ब्यस्त छन ।
तथापी दाहालले बिगतमा लामो समय नेतृत्व लिने अवसर पाएमा देश बिकासमा अग्रगामी छलाङ मार्ने थिँए भन्दै आइरहेता पनि बिगतका सरकारको काम कारवाही, हाल सरकारमा विभिन्न नीति, सिद्दान्त र बिचार बोकेका दलहरुलाई मिलाएर लानुपर्ने बाध्यताकासाथै थपिएका विभिन्न चुनौतीको सामना गर्न भने उनलाई धेरै कठीन देखिन्छ ।
पूर्वप्रधानमन्त्री देउवाले राप्रपाका अध्यक्षलाई प्रधानमन्त्रीको अफर गरेसँगै राजनीतिक क्षेत्रमा झन गर्मागर्मी छाएको थियो र विश्वासको मत पाएपछि दाहालले एउटा शंकाको लक्ष्यमण रेखा पार त गरे नै तर निकट भविश्यमा हुन गइरहेको राष्ट्रपतिय चुनावको तनावले भने प्रायस् दलका नेताहरु तरंगीत बनेका छन । तैपनि अहिले दाहाल सरकारसामू जति अवसर हाता पर्यो त्यत्तिकै चुनौतीका पहाडहरु पनि अगाडि नतेर्सिएका होइनन ।
एकातिर एमाले पार्टीसँग हरेक कुरामा सहमति लिनुपर्ने जरुरी देखिन्छ भने अर्कोतिर प्रदेश खारेजीको माग गर्दै संसदीय चुनावमा होमिएको रास्वपा, गणतन्त्र बिरोधी राप्रपा, तराईको अनगिन्ती मुद्वा बोकेका जसपा, जनमत पार्टीलाईसमेत साथमा लिनुपर्ने बाध्यता छ दाहाल सरकारलाई । उता राष्टृय दल बन्न नसकेको नेकपा समाजवादी पनि सरकारमा जान पर्ख र हेरको स्थितिमा थियो र गोप्य रुपमा राष्ट्रपतिय चुनावको एम्पेयर नै बनेको बुझिन्छ ।
उनलाई साथ छोडेको भनेर नेता नेपाल पनि प्रचन्डदेखि आक्रोसित छन । सिआइए, रअ, युरोपियन युनियनसमेतलाई अचम्मित पार्दै पुरानो गठबन्धन टुटाएर नयाँ सिरामा सरकार गठन भएको अहिलेको सरकारसामू पुराना मुद्वाहरु स् एमसीसी, एसपीपी, नागरिकता बिधेयक, बिआरआई सम्झौता, नेपाल भारत सीमानामा देखिएका समस्याहरु र नेपाली जनताले भोगेका सास्तीवारे सम्बोधन, बिदेशी नीति, आर्थिक मन्दीलाई उकास्नु पर्ने बाध्यता, गरिबी निवारण, शिक्षा र स्वास्थ्यमा देखिएका बिकृत्तिका चाङवारे सम्बोधन, रोजगारीका अवसर जुटाउने र भ्रष्ट्राचार बिरुद्वको अभियान , दीर्घकालिन बिकासे आयोजनाहरुको निरन्तरता, प्रेमप्रसादजस्तै डिप्रेसनको भूमरीमा परेका कयौं युवाहरुको सम्बोधन आदि कुराहरुप्रति ध्यान दिन अत्यन्त जरुरी छ ।
यसको लागि सहपाठी दलहरु, देशीबिदेशी शक्तिहरुप्रति सजग भई आम सर्वसाधारण जनताहरुको मागलाई पनि संबोधन गर्नुपर्ने देखिएकोले अहिलेको सरकारसामू जति अवसर हाता परेको छ त्यत्तिकै मात्रामा चुनौतीका पहाडहरु पनि अगाडि तेर्सिएकोले बढो गम्भीरताकासाथ अगाडि बढ्नुपर्ने देखिन्छ ।
खिमराज गिरी : केन्द्रीय सदस्य, नेपाल दशनामी समाज





