Comments Add Comment

Advertisment

SKIP THIS

`मुन्द्रेको कमेडी क्लब’: हाँस्ने कहाँ हो ?

चैत्र ६ , काठमाडौं । हाँस्य कलाकार जीतु नेपाल अर्थात मुन्द्रेले आफ्नो शो ‘मुन्द्रेको कमेडी क्लब’लाई फेरि सुरु गरेका छन् ।

पहिलो सिजनको अन्त्यतिर अध्यक्षमा रहेकी दीपाश्री निरौलासँगको सम्बन्ध चिसिएपछि जितुले यो शो बन्द गर्नु परेको थियो ।

यसपछि, दोश्रो सिजनमा अध्यक्षको रुपमा नायिका करिश्मा मानन्धरको प्रवेश भयो । तेश्रो सिजनमा भने अध्यक्षमा नायिका प्रियंका कार्कीको आगमन भएको छ । यो शोलाई दिनेश डीसीले निर्देशन गरिरहेका छन् ।

‘मुन्द्रेको कमेडी क्लब’को पहिलो भागमा नायक प्रदीप खड्का अतिथीको रुपमा उपस्थित भए । आफ्नै फिल्मको प्रचारका क्रममा मिडियासँग खासै नजिक नभएका प्रदीप यसपटक दिनेश डीसीसँगको सम्बन्धका कारण अतिथी बनेर शोमा देखिए ।

जितुले शोको नियम बताउँदै यसमा कसैलाई रोष्ट नगर्ने, भद्दा मजाक नगर्ने, कसैलाई पनि धर्मसंकटमा नपार्ने, नेता चिन्न नलगाउने, बिच बिचमा आगो नभन्ने, भाइरल कसैलाई पनि नबनाउने र भाइरल भएकालाई कलाकार बनाउन प्रयास गर्ने, कन्ट्रोभर्सीमा विश्वास नगर्ने बताए ।

करिब एक घन्टा लामो यो शोमा यसपटक कलाकार पनि परिवर्तन भएका छन् । ‘द कपिल शर्मा शो’बाट हुबहु प्रभावित यो शोको पहिलो भाग पुरा रुपमा हेरिसकेपछि, जितु र उनको टिमलाई सोध्न सकिन्छ ‘आखिर हाँस्ने कहाँ हो ?’

यसअघिका २ शोजमा पनि जितु र उनको टिमलाई दर्शकलाई हसाँउन नसकेको आरोप लागेको थियो । यसपटक पनि शोको सुरुवातदेखि नै जितुले बोलेका संवाद र अन्य कलाकारले अभिनय गर्दै प्रस्तुत गरेका संवादमा कमेडी खासै भेटिएको छैन । जबरजस्ती हसाँउन खोजेपनि कमजोर स्क्रिप्टका कारण शो फितलो बनेको छ ।

जितु र उनको टिमले कमेडीमा अझै मिहिनेत गर्नुपर्ने देखिन्छ । किनकी, जितुले सुरुवातमा कपिल शर्मा स्टाइलमा बोलेका केही बिषयवस्तु पुराना भैसकेका छन् । राजनीतिक दलका नेतालाई व्यङ्ग्य गरेर मात्र अब कमेडी शो चलाउन सकिन्छ भन्ने भ्रमबाट मुक्त हुन जरुरी छ । पहिलो शो हेरेपछि जितुलाई प्रश्न सोध्न सकिन्छ, ‘मुन्द्रेको कमेडी क्लब’मा आखिर ‘हाँस्ने कहाँ हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै