Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानमन्त्री केपी वलीलाई खुलापत्र !

प्रधानमन्त्रीज्यु अभिवादन,

गतसाता मात्र प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा बधाई तथा सफल

कार्यकालको शुभकामनासहित अहिले तपाइँ नेतृत्वको सरकारलाई यही पत्रमार्फत केही सल्लाह र सुझाव दिन चाहान्छु ।

वास्तवमा देशमा शाहवंशीय शासनलाई हत्याएर राणाहरुको करिब १०४ वर्षे पारिवारिक शासन ब्यवस्था चल्यो । तैपनि उक्त समयमा ३ जंगबहादुर राणाको जानी या नजानी बेलायत यात्राको क्रममा भएका उपलब्धी भनेको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर नेपालमा गाभ्न सक्नु, भलै ढिलै प्रयोगमा आए पनि बेलायतबाट गिद्ये पे्रस ल्याउनु, विदेशमा जाँदा नेपालका शासकहरुको जिम्मेवार बोध गराउने शैलिबाट उनी टाढिएनन् ।

तथापी वि.स.२००७ सालमा राणा हटे र प्रजातन्त्र आयो तथापी त्यो दशक जनतामा झन निराशाको बादल मडारिइ राख्यो । पञ्चायती ब्यबस्था आयो दलहरुमा राजाले प्रतिबन्ध लगाए । तैपनि कम्युनिष्ट तथा काँग्रेस पार्टीबाट कयौं पटक संघर्षको मैदानमा तपाइँ लगायत अन्य नेताहरुको प्रजातन्त्रप्राप्तिमा योगदान ठलो रहेको छ ।

पञ्चायतकालमा भएको मिसन पत्रकारितामा पनि दलका नेतासँग मिलेर प्रजातन्त्र पक्षधर पत्रकारिता क्षेत्रले प्रजातान्त्रिक शासन ब्यबस्थामा विपक्षीको भुमिका निर्वाह गरेकै हो । त्यस अर्थमा पनि पत्रकारिता क्षेत्रलाई सरकारको चौथो अंगको रुपमा लिइएको हो ।

तपाइँको चौध वर्षको जेल जीवनवारे केही अध्ययन त गरेको छु र जीवनको अन्तिम घडीसम्म पनि तपाइँको निरँकुश शासकप्रतिको खवरदारी कायमै रहेको थियो । तथापी २०४६ को जनआन्दोलनमा नेपाली काँग्रेस र संयुक्त बाममोर्चा तथा पत्रकारीता क्षेत्रको संयुक्त प्रयासले नै ३० वर्ष सम्मको पञ्चायती ब्यवस्था फाल्न सफल भएको कुरा इतिहासले बताइ नै हालेको छ । तत्पश्चात् विभिन्न कम्युनिष्ट घटक र मालेबाट बनेको नेकपा एमालेमा मदन भण्डारीको अवसानपश्चात् पार्टीमा निरंकुश परतन्त्रवादी शैलीको हावी भयो र तपाईको प्रखरतालाई दवाएर राखिएकै हो ।

तत्पश्चात् नेपाली राजनीतिमा भएको उतारचढाव, सामाजिक द्धन्द्ध, आर्थिक अभाव, धार्मिक अफवाह पैmलाउनको लागि भएको विदेशी चलखेल, बिदेशबाट नियन्त्रित केही दलहरुको बखेडा, आप्नै दलभित्रका केही हाउगुजीहरु “जो क्षणिक सत्तास्वार्थमा रमाउनबाहेक अरु केही जान्दैनथे “ ले पार्टी र सरकारलाई स्थिरतामा अगाडि बढ्न दिएनन् र भिन्न परिस्थितिको सिर्जना भयो । त्यो त अहिलेको पिडी सवैलाई अवगत नै छ ।

तथापी २०२७ सालदेखि पुर्णकालीन भुमिगत राजनीतिक जीवन शुरु गर्दा २०३० सालमा जेल चलान हुँदाको अवस्था, ०४७ सालमा युवासंघको संस्थापक अध्यक्ष, २०४८ सालमा पहिलो पटक सांसदमा निर्वाचित भई २०५१ सालमा सरकारको गृहमन्त्री पनि हुनुभयो र तत्पश्चात् झन सक्रिय राजनीतिमा लाग्नुभयो । यसरी २०७१ सालमा एमाले अध्यक्षमा निर्वाचित भई २०७२ सालमा पहिलो पटक प्रधानमन्त्री, २०७४ मा दोस्रो, २०७८ मा तेस्रो र हाल यही असार ३१ गते मात्र नेपालको कम्युनिष्ट इतिहासमा सवभन्दा बढी चौथो पटक प्रधानमन्त्री हुन सफल हुनुभयो ।

यसरी १५ वर्षको उमेरदेखि नै संगठीत राजनीतिमा लागेर देश र जनताको लागि जुन वलिदानी दिनुभयो त्यसमा अन्य प्रधानमन्त्रीको तुलनामा राष्ट्रियताको मामलामा २०७२ सालको नाकावन्दी, देशले गुमाएको भुभाग लिपुलेक र लिम्पियाधुरा नेपालको हो भनेर गरिएको दावी तथा संसदीय प्रकृया, त्यस्तै विकासका काममा जसरी स्व.कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौमा ल्याउने सपना देख्नुभयो र अहिले साकार भयो त्यस्तै तपाइँले पनि सुरुङ्ग मार्ग निर्माण, रेल, पानीजहाज, ब्यापार, उत्तरी नाकावारे, देशका विभिन्न जिल्लामा भएका सडक विकासका कार्यहरु, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम आदि राम्रा पक्षका कार्यहरु नेपाली जनताले भुल्न सक्दैनन् तथापी नेपालको राजनीतिमा देखिएको उतारचढाव र अझ पनि नेपाल गरिब देशमा गनिनु, यहाँ च्याउ उम्रिएजस्तै उम्रिएका राजनीतिक दल, रोजगारी नपाएर दैनिक हजारौं युवा विदेशीएको दृश्य, सहरको चाप, रित्तिएको गाउँघर, आर्थिक मन्दी, सामाजिक विभेद, धार्मिक संस्कार फैलाउने नाममा विदेशीको चलखेल, भएका अथाह सम्पती जल, जमिन, जङ्गल, जनावर, जडिबुटी आदिको सदुपयोग हुन नसक्नु, आर्थिक विकासको नाममा अस्थिर राजनीतिले देश विदेशीको चङ्गुलमा फँस्ने हो कि भन्ने आशंका सवै नेपालीको मनमा उब्जिनु, विकासको नाममा देखिएको वर्षे असारे विकासको बिकृत्ति, स्थानीय निकायमा केही जनप्रतिनिधि तथा इतरपक्षबाट भएको प्राकृतिक दोहन, मौलाएको भ्रष्टाचार, कुनैपनि कार्यमा दोष देखाउने तर दोषी भेटटाउन नसक्नुगणतन्त्र ल्याएका हौं भन्नेहरुले साँवा ब्याज तथा स्याज सवै खान खोज्नु, अभैm पनि देशका कयौं गाउँवस्तीहरुमा विजुली खानेपानीको अभाव तथा उत्पादीत कृषि उपजहरुको निर्यातमा समस्या, यही काठमाडौ उपत्यकामा भएको पानीको असहजता, ढलको समस्या आदि थुप्रै समस्याहरुको चाङ्गमा तपाइँका अगाडि यी यावत चुनौतीहरु थुप्रिएका छन् ।

त्यसैले निम्न कुराहरुमा ध्यानकर्षण गराउन चाहान्छु :-

  • आर्थिक लचिलोपनमा सुदृढताः नेपालको अर्थतन्त्र बढी कृषि र रेमिट्यान्समा निर्भर रहकोले आधुनिक कृषि प्रणाली, पर्यटन ब्यवसायमा जोड तथा साना तथा मभैला उद्योगमा विशेष ध्यान दिनुपर्ने,
  • पुर्वाधार विस्तार गर्नेः सडक, पुल र उर्जा आयोजनालगायत अन्य पुर्वाधारमाल लगानीले आर्थिक गतिविधिलाई बढावा दिन सक्दछ,
  • सुशासन र पारदर्शीतामा सुधारः सुशासनको लागि बलियो र पारदर्शी संस्थाहरुको निर्माण, भ्रष्टाचार उन्मुलन गर्न एउटा छुट्टै शक्तिसाली निकाय गठन गर्नुपर्ने जसमा निश्पक्ष र निश्कलंकीत भइ अवकाश प्राप्त भएका कर्मचारीलाई छानविन समितिमा राख्नुपर्ने र विगतमा देखिएका भ्रष्टाचारका फायल निश्पक्ष तवरले केलाउन पर्ने,
  • र्ई–शासनः अहिलेको युग नयाँ टेक्नोलोजीको हो । सञ्चारमाध्यममा भित्तामा लेख्ने प्रविधिबाट प्रिन्ट मिडिया, रेडियो, टिभी, इन्टरनेट, सामाजिक सञ्जाल, नागरिक पत्रकारिता हुँदै अहिले एआई को प्रविधिले विश्वको ध्यान कता पुगिसक्यो । यहि सन्दर्भमा नेपालमा पनि ई–शासनको रुपरेखा तयार पार्न सकियो भने वार्षिक रुपमा आइटीबाट करिब ६२ अरबको आम्दानी हुँदै आइरहेको नेपाली प्राविधिकहरुको अचित्यतालाई पुष्टि गर्न सक्ने ठाउँ देखिन्छ,
  • स्वास्थ्य सेवामा सुधारः नेपालमा स्वास्थ्य क्षेत्रमा विज्ञ डाक्टरहरुको कमी छैन र तपाइँले पनि मिर्गौला फेर्नेजस्तो साहसिक कार्यको लागि नेपालका डाक्टरहरुलाई नै पत्याउनुभयो र सफल पनि हुनुभयो । तथापी दुरदराजका कयौं गरिब मानिसहरुले अभैm पनि आर्थिक अभावले उपचार गराउन नपाएर आप्mना परिवार गुमाएको अवस्था छ ।

यसको बदलामा हुनेखानेहरु जो करको दायरामा आएका छैनन् तिनीहरुलाई यसमा कडाई गरेर भएपनि ती गरिब दुखी परिवारको पहिचान गरी उनीहरुलाई विना झन्झट राहतको ब्यवस्था मिलाउन अत्यन्त जरुरी छ र अभैm पनि प्रायः सरकारी अस्पत्तालमा देखिएको समस्या भनेको विरामी भर्ना गर्न पर्यो भने नेताको पावर लगाउन पर्ने बाध्यता हट्नु पर्दछ ।

यसको अलावा भारतीय जनतालाई जस्तो प्रत्येक गरिब नेपालीको पहिचान गरी राशनकार्डको ब्यवस्था गर्ने वा सहुलियत दरमा राशन उपलब्ध गराउन अनिवार्य, बाँझो जमिनको सदुपयोग, कृषिमा टाठाबाठाले खल्तीको योजना बनाएर रकम असुल्ने प्रबृत्तिलाई हटाई वास्तविक किसान पहिचान गरी राहतको ब्यवस्था प्रत्यक्ष रुपमा स्थानीय सरकारले मिलाउन अनिवार्यता, बैज्ञानिक क्षेत्रमा गरिएको प्रयासलाई प्रोत्साहन, नयाँ नयाँ आविष्कार गर्ने बैज्ञानिकलाई विदेश जानबाट रोक्ने आदि कामको लागि एउटा बलियो टिम बनाएर अगाडि बढन सक्नुभयो भने आगामी निर्वाचनमा मात्र नभएर सँधै सँधै नै तपाइँको यो कार्यकालको सम्झना प्रत्येक नेपालीको तनमनमा रहीरहने छ ।

र, भावी पुस्ताका नेताहरुमा पनि एउटा देश र जनताप्रतिको जिम्मेवार बोधको अनुभव हुनेछ । किनकी संसारमा कयौं देशमा कयौं नेताहरु छन् तर देश र जनताको लागि आप्mनो दल र परिवार नभनिकन त्याग र बलिदान दिने नेताहरु कमै मात्र पाइन्छन् । त्यसमा उपयुक्त कार्यहरु गरेर सफलताको लक्ष्यमा पुग्नुभयो भने पछिका पिडीले पनि तपाइँको नाम सदैव मनमा राखिरहनेछन् ।

निष्कर्षमा भन्नुपर्दा तपाईको नेतृत्वमा गठीत सरकारसँग रणनीतिक सुधार र सक्रिय शासनमार्पmत नेपालको भविश्यका लागि बलियो जग स्थापित गर्ने प्रशस्त अवसरहरु छन् । किनकी २०४६ सालको सहयोद्धा दल तपाइँको साथमा छ ।

तसर्थ अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउँदै राजनीतिक स्थिरतान्मुख हुँदै आर्थिक, सामाजिक, साँस्कृतिक, शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा कोही पनि नेपाली बिमुख हुन नपरोस र भ्रष्टाचारले नै देश उँभो लाग्न नसकेको हो भन्ने आम नेपाली जनताको मनसायलाई आत्मसात गर्दै अगाडि बढनुहुनेछ भन्ने अपेक्षाकासाथ पत्रबाट विदा हुन्छु । हस्त अभिवादन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै