Comments Add Comment

Advertisment

SKIP THIS

८० वर्षे बृद्वको जीवन कहानीमा आधारित ; गन्तव्यलाई पच्छ्याउँदै गर्दा

.खिमराज गिरी

उमेर ८० , नाम चेतनाथ ढकाल, घर नुवाकोट, १ छोरा, ४ छोरीहरु र कयौं नाती नातिनीहरु ! करिव ३४ वर्ष अगाडि जीवन संगीनीसँगको बिछोड ! जीवनभरी संघर्षको कथा बटुल्ने हो भने महाभारत नै हुने, घरमा छोराछोरीबाट मायाँ तथा स्यहार सुसार नपाएरै होला, आजभन्दा करिब ४ वर्ष अगाडि ८० वर्षका ती बृद्द बुवा नुवाकोटवाट काठमान्डु ढल्कुमा आउछन ।

त्यहीं कतै एक्लै महिनावारी ४००० को दरले कोठा भाडा दिने शर्तमा कोठाको जीन्दगी शुरु हुन्छ उनको , बिहान खाए बेलुका के खाउँ, बेलुका खाए बिहान के खाउँ ८० वर्षे त्यो बृद्द जीन्दगी देख्दा पनि अचम्म नमान्ने को होला र रु घरले जा जा , बनले आइज आइज भन्ने त्यो उमेरमा बाँकि जीवन आराम र सुख शान्तिले बिताउनु पर्नेमा काठमान्डौको यो महँगो सहरमा त्यो पापी पेट पाल्नकै लागि बिहान सवेरै खाना आफै पकाएर खाएपछि केही खित्री मित्री सामान बोरामा पोको पार्छन । 

उनले केही सामानहरु दोबाटोमा फिजाएर राख्छन र मनकारी ग्राहकहरुले किनिदिन्छन पनि ! यहि मौकामा कोरोनाको बिगबिगी छ तर उनलाई कोरोनासँग कुनै डर छैन ! डर छ त त्यही पापी पेट कसरी पाल्ने र महिनाको ४००० र भाडा कसरी दिने भन्ने नै ! तै पनि जीवनका कयौं उकाली ओराली, दुख सुख पार गरी असीऔं बसन्त नाघिसकेका ती बृद्व बुवालाई कहिले काँहि प्रहरीले गाली गर्छन ! सायद , यो कोरोना महामारीले गर्दा पनि होला प्रहरीले त्यो भन्नु अस्वभाविक पनि होइन एकातिर भने अर्कोतिर जसोतसो जीवन जिउनै पर्ने बाध्यता पनि त छ ।

सायद, उनको यो बिगत चार वर्षदेखिको मजवुरी र दिनचर्या यसरी नै चलिराखेको छ । बाह्र छोरा तेह्र नाती, बुढाको थैलो काँधैमाथि  भनेजस्तो , साना भइन्जेल मुखको गाँस काटेर भएपनि नांगो आंङ र भोको पेटले कति संघर्षको भारी बोकेर हुर्कायो, बढायो, पढायो । अनि, जव छोरा छोरीका पंखेटा लागे तव माकुराको कथाजस्तो यो जीवन ! साच्चै, प्रकृतिले बरदान दिएकै हो , वीर पुर्खाले पौरख देखाएकै हुन , स्वर्गजस्तो यो देश गन्तब्यको खोजी गर्दै गर्दा कोहि कोहि सात पुस्तालाई पुग्ने कमाउदा पनि रमाउन सकेका छैनन भने चेतनाथजस्ता ती बृद्व बुवाहरु दुई छाक जेनतेन टार्न पाउँदा पनि मनमा आनन्द लिएर जीवन बाँचेकै छ्न १ संघर्ष गर्न छोडेका छैनन, ती छोरा छोरीहरुले साथ छोडे पनि । 

यदि यस्तो अनुकूल वातावरण नमिलेको छ भने सरकारले त्यस्ता नागरिकहरुको पहिचान गरी उचित तवरले गाँस , बास, कपास तथा स्वास्थ्यको जिम्मा अनिवार्य लिनुपर्ने नीति बनाउन जरुरी छ ।

यदि यसो गरियो भने आजका दिनसम्म जे जति बृद्व बृद्वाहरुको जीवन विभिन्न तनावमा गुजृराखेको छ , सायद, भोलीका दिनहरुमा आजका पीडिले पनि त्यस्तो कल्पनासमेत गर्न सक्ने वातावरण नबनोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै