२१ जेठ , काठमाडौं । सिन्धुपाल्चोक अर्चले गाउँका उद्वव कोइरालाले घरनजिकैको अँधेरी खोलावाट जम्मा ५ हजार खर्चेर विद्युत गृह बनाएर ९२ वाट विद्युत उत्पादन गरेको खवर शुक्रवारको कान्तिपुरले दिएको छ । सानै उमेरदेखि विद्युत उत्पादन गर्ने प्रविधीमा जिज्ञासु बनेका उद्ववको सपना बिपनामा परिणत भएको छ । गरे काम असम्भव के छ र भन्ने उक्तिलाई आत्मासाथ गर्दै उनले यो अभियान चालेका थिए । देशमा कयौं बैज्ञानिक, प्रविधिको ज्ञान भएका , समाजसेवी, राजनीतिज्ञ आदिको जन्म भएतापनी देश , समाज र जनताको लागि केही गरौं भन्ने भावना भएका ब्यक्तिहरु हाम्रो समाजमा बिरलै पाइन्छ तर उद्ववजस्ता लगनसिल र खोज अनुसन्धानमुलक कार्यमा लागि पर्ने ब्यक्तिहरुबाट राज्यले केही सिक्नै पर्छ । तर आज देशमा प्रजातन्त्रको नाममा अनेक बितृष्णा, बिकृती र बिसगंतीहरु फैलिएका छन । छोरी चेलीहरु दिउसै लुटिएका छन ।
केही जमातहरु चुनाव कहिले आउला र ब्रम्हालुट गरौंला भनेर बसेका छन । नातावाद र कृपावादको भूमरीमा जकडिएको हाम्रोजस्तो अविकसित समाजले बिकासको कांचुली फेर्ने कहिले ? यो गम्भीर प्रश्न एकातिर तेर्सिएको छ भने अर्कोतिर राजनीतिक दलहरुमा मेलमिलापको अभाव खट्केर खुट्टा तान्ने प्रविधी मौलाएको छ । भारतलगाएत अन्य कयौं देशहरुमा स्थानीय चुनाव दलबीहिन हुन्छ । आन्तरिक राजनीतिक माहोल जे जस्तो भएपनि रास्ट्रप्रति हरेक दलहरुको बिदेश नीति एउटै हुन्छ । यहाँ त हरेक तहको चुनावमा जुन प्रतिनिधिसँग मनी र मसल छ उ नै निशंकोच जितौरीको भागेदार हुन्छ । भिजन छ तर मनी र मसल नभएका इमान्दार गरिब जनप्रतिनिधिको लागि चुनाव भालुको कन्चट सावित भएको छ । अफृकन रास्ट्र युगान्डा नेपालजस्तो सानो छ तर भारतजत्तिकै विशाल कंगोलाई नचाइरहेको छ । यहाँ नेपालको कुरा गर्ने हो भने छिमेकी देश भारतले संधै हरेक क्षेत्रमा मुट्ठीको माखोजस्तो बनाइराखेको छ ।




