Comments Add Comment

Advertisment

SKIP THIS

जग्गा विवादले अस्पताल भवन निर्माण अलपत्र

१० साउन , काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकामा निर्माणाधीन अस्पताल भवन अलपत्र परेको छ । गाउँमै स्वास्थ्य सुविधा उपलब्ध गराउने उद्देश्यका साथ गाउँपालिकाले वडा नं ४ कुरिनटारमा विसं २०७७ देखि २५ शय्याको अस्पताल बनाउन सुरु गरेको थियो । तर अहिले जग्गा विवाद उत्पन्न भएपछि अस्पताल भवन निर्माण रोकिएको छ ।

तत्कालीन समयमा अस्पताल निर्माण सुरु गर्दा पु¥याउनुपर्ने मापदण्ड पूरा नगरी अस्पताल भवन निर्माण थाल्दा दुई वर्ष बितिसक्दा पनि अस्पताल निर्माणको कामले पूर्णता पाउन नसकेको हो । गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८ को नीति, कार्यक्रम तथा बजेटमा रु ५० लाख बजेट विनियोजन गरी सर्वशान्ति क्याम्पसको पछाडिपट्टि सार्वजनिक जग्गामा अस्पताल निर्माण सुरु गरेको थियो । उक्त समयमा बोलपत्र प्रक्रिया गरी भवन निर्माणको काम सुरु गरेका थिए । उतिबेलै भवनको जग राख्ने कामसमेत सकिएको थियो । तर बीचमा जग्गाको स्वामित्वका विषयमा टुङ्गो लाग्न नसकेपछि हालसम्म पनि भवन निर्माणले पूर्णता पाउन सकेको हो ।

गाउँपालिकाले सार्वजनिक जग्गा भनेर निर्माण सुरु गरेको उक्त जग्गा वन कार्यालयले वन क्षेत्रभित्रको जग्गा जनाउँदै अस्पताल निर्माण रोकिदिएपछि अलपत्र परेको हो । करिब रु १० करोड लागत लाग्ने अनुमानका साथ भवन निर्माण सुरु गरिएको थियो ।

तत्कालीन गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले गाउँपालिकाभित्रको जग्गा गाउँपालिकाले जुनसुकै प्रयोजनका लागि प्रयोग गर्न सकिने भएकाले आफूहरूले नागरिकको सुविधाका लागि अस्पताल भवन निर्माण थालेको बताए ।

नवनिर्वाचित गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले भने, “जग्गा अस्तालको स्वामित्वमा ल्याउनुपथ्र्यो, त्यसो नगरी भवन निर्माण सुरु गर्दा समस्या सिर्जना भएको हो ।” जग्गाको स्वामित्व अस्पतालका नाममा ल्याउने प्रयास जारी रहेको उनले बताए ।

यही आर्थिक वर्षभित्रमा अस्थायी भवन निर्माण गरी १५ शय्याको इच्छाकामना अस्पतालको सेवा भने सुरु गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।

सामान्यबाहेक अन्य स्वास्थ्य सुविधा लिनुपरे जिल्ला सदरमुकाम भरतपुर जानुपर्ने बाध्यता रही आएको छ । इच्छाकामना अस्पताल निर्माण भएमा इच्छाकामनासहित गोरखाको गण्डकी र सहिद लखन, तनहुँको आँबुखैरेनी र धादिङको बेनीघाट रोराङ गाउँपालिकाका जनताले समेत सेवा प्राप्त गर्ने जनाइएको छ । यस्तै सङ्घीय राजधानी काठमाडौँ भित्रने र बाहिरिने मुख्य राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड यसै क्षेत्र पर्ने भएकाले यस क्षेत्रमा हुने सवारी दुर्घटनाका घाइतेलाई समेत उपचार गर्न सहज हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै