Comments Add Comment

Advertisment

SKIP THIS

चन्द्रमामा पठाउने भनिएको रकेट प्रक्षेपण स्थगित

१४ भदौ , काठमाडौं । अमेरिकी अन्तरिक्ष निकाय नासाले चन्द्रमासम्म पुग्ने एउटा विशाल रकेट प्रक्षेपण तयारी अन्तिम समयमा स्थगित गरेको छ । आर एस–२५ इन्जिनमध्ये एउटामा तापक्रम समस्या देखिएपछि रकेट प्रक्षेपण स्थागित भएको नााले जनाएको छ । उसले शुक्रबार अर्को प्रक्षेपण गर्न सक्ने जनाइएको छ ।

आर्टमिस नाम दिइएको यस कार्यक्रमले मानवलाई पुनः चन्द्रमामा पु¥याउने लक्ष्य लिएको छ । स्पेस लन्च सिस्टम एसएलएस नाम राखिएको उक्त रकेट नासाले विकास गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट हो । केनेडी अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार ८ बजेर ३३ मिनेटमा उक्त रकेट उडाउने तयारी थियो । तर, प्रविधिक समस्याका कारण प्रक्षेपण स्थगित गरिएको नासाले घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै