Comments Add Comment

Advertisment

SKIP THIS

‘६६ औं प्रहरी दिवस’ का अवसरमा विशेष कार्यक्रम सम्पन्न : गण्डकी प्रदेश

२० असोज , काठमाडौ । नेपाल प्रहरीको ६६ औं प्रहरी दिवसू का अवसरमा देश र जनताको सेवामा समर्पित रहि विरताका साथ कर्तव्य पालनको शिलसिलामा प्राण उत्सर्ग गर्ने अमर प्रहरीका गौरवगाथाको उच्च कदर गर्न गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको आयोजनामा गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यतामा अमर प्रहरी प्रति श्रद्धाञ्जली तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका माननीय मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले संयुक्त रुपमा अमर प्रहरी स्मारकमा पुष्पहार तथा शोक सलामी अर्पण गरी अमर प्रहरी प्रति श्रद्धासुमन प्रकट गर्नुभएको छ । 

साथै कार्यक्रमका विशेष अतिथि, अमर प्रहरी परिवार लगायत कार्यक्रममा सहभागी विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने व्यक्तिहरुले समेत अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गरी श्रद्धासुमन व्यक्त गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले नेपाल प्रहरी भौतिक स्रोत साधन तथा जनशक्तिको अभावका बाबजुत पनि देश र जनताको सेवा एवं हितको खातिर अनवरत रुपमा तल्लिन रही कार्यसम्पादन गर्दै आईरहेको प्रति उच्च सम्मान गर्दै आगामी दिनमा समेत जनतालाई नै केन्द्रबिन्दुमा राखी कार्यसम्पादन गर्नुपर्ने बताउँदै गण्डकी प्रदेश प्रहरीको समुन्नत विकासका लागि प्रदेश सरकार तत्पर रहेको कुरा बताउँनुभयो ।

कार्यक्रममा धन्यवाद मन्तव्य राख्नुहुँदै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले विविध आरोह(अवरोहका बीच नेपाल प्रहरीको शीर सदैव उच्च र अटल बनाई राख्न आफ्नो कर्तव्य पथमा सदा कर्मशिल रही संगठनका खातिर देश र जनताको पक्षमा आफ्नो अमुल्य जीवन उत्सर्ग गर्ने वीर अमर प्रहरीहरु प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्नुभयो ।

प्रहरी दिवसलाई समस्त प्रहरी कर्मचारीहरुले आ(आफ्नो कार्य प्रेरणा दिवसको रुपमा आत्मसाथ गर्दै बिगत वर्षहरुमा भएगरेका कार्यहरुको मुल्याङकन एवं आत्मसमिक्षा गरी आगामी दिनहरुमा आफ्नो जिम्मेवारी अझै प्रभावकारी, विश्वासिलो एवं नागरिकमैत्री र सशक्त ढंगबाट निर्वाह गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment