Comments Add Comment

Advertisment

SKIP THIS

विराटनगर भन्सार कार्यालय यात्रु शाखाबाट २ जना भारतीय नागरिक पक्राउ

५ साउन , काठमाडौ । प्रहरीले विराटनगर भन्सार कार्यालय यात्रु शाखाबाट २ जना भारतीयहरूलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा दिनकरनगर, बाह्रबिगाहा विहारका ८१ वर्षीय राम नरेश सिंह र सवारी चालक रतिश पासवान रहेका छन् । शुक्रबार दिउँसो भातरबाट नेपालतर्फ आइरहेको Bro1PG 211 नम्बरको भारतीय टाटा सफारीलाई चेक जँच गर्ने क्रममा सहायक प्रहरी निरीक्षक प्रमेश श्रेष्ठको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूको साथबाट प्रहरीले भारतीय रुपैयाँ ७ लाख ७९ हजार नगद र २ थान मोबाइल तथा आवश्‍यक लत्ताकपडा बरामद गरेको छ ।

पक्राउ परेका उनीहरूलाई प्रहरी सीमा सुरक्षा गुल्म, रानी, मोरङमा ल्याइ राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment