Comments Add Comment

Advertisment

SKIP THIS

रेशम चौधरी रिहा नभए माघी पर्वपछि उन्मुक्ति पार्टीले प्रदेशसभा अवरुद्ध गर्ने

१८ पुष , काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले जेलमा रहेका रेशम चौधरी रिहा नभए माघी पर्व (माघ १) पछि प्रदेशसभा अवरुद्ध गर्ने चेतावनी दिएको छ ।

टिकापुर घटनामा संलग्नता रहेको आरोपमा दोषी ठहर भई जेल चलान भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाई नभए माघीपछि प्रदेशसभा बैठक अबरुद्ध गर्ने पार्टीका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले बताए ।

प्रदेशसभाको पहिलो बैठकमा शुभकामना दिन विशेष समयमा बोलेका चौधरीले भने, ‘माघीअअघि टिकापुर घटनालाई सुल्झाएर जेलमा रहेका नेता कार्यकर्ताको रिहाई हुनुपर्छ, त्यसो नभए माघिपछि प्रदेशसभा चल्न दिने छैनौं ।’

उनले थारु आन्दोलन पहिचानका लागि गरिएको र सो आन्दोलन व्यक्तिगत नभई राजनीतिक आन्दोलन भएको बताए । ‘त्यसैले टिकापुर घटनालाई राजनीतिक रुपमै समाधान गरिनुपर्दछ,’ उनले भने, ‘अधिकार माग्नेलाई दण्ड सजायको व्यवस्था लोकतन्त्रमा हुन सक्दैन, थारु समुदायले त्यसलाई मान्नेवाला पनि छैन ।’

देशमा व्यवस्था परिवर्तनका लागि भएका अन्य राजनीतिक आन्दोलनजस्तै थारुको आन्दोलन पनि आफ्नो पहिचानका लागि गरिएको राजनीतिक आन्दोलन भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै