Comments Add Comment

Advertisment

SKIP THIS

सडक पेटीमा पछारिएको त्यो दिन !

२७ साउन , काठमाडौ ।  बेलुकाको करिव पाँच वजिसकेको थियो । सडकमा सँधै भै केही घरायसी लगाउने कपडा पछ्यौरामा पोको पारी सुन्धारा नजिकैको सडकपेटीमा जाँदै थिँए ।

एकछिनपछि गन्तब्यमा पुगेँ र मेरा सामान त्यहीँ अरुले राख्ने स्टल नजिकै राखेर म पनि सामान बेच्ने तरखरमा लागेँ । त्यो हाम्रो जीवन धान्ने दिनचर्या नै थियो र बेलुकी केही समयको लागि भनेर खुल्ला गरिएको थियो ।

संघीय सरकारको आदेश बमोजिक निश्चित समय र स्थानमा कपडा बेच्न पाइने थियो र सोही अनुरुप मेरो दिनचर्या शुरु भएको पनि बल्ल एक महिना भएको थियो । घर एक दुर्गम पहाडी जिल्लामा पर्दथ्यो । घरमा बृद्ध सासु आमा मात्र हुनुहुन्थ्यो । धेरै पैसा कमाउने मनसायले श्रीमान्ले पनि आर्मीको सरकारी जागिर छोडेर विदेश जाने सपना बुन्दै हुनुहुन्थ्यो ।

पछि दुवै जनाको सल्लाह भयो र वच्चाको भविश्य पनि बन्ने आफु पनि केही पैसा कमाउन सक्ने माध्याम नै सहर र विदेश देखेर नै घरमा ती बृद्ध सासु आमालाई एक्लै थोत्रो घरको जिम्मा लगाएर काठमाडौं आइयो । सहर आएको पनि करिब एक महिना भएको थियो । हामी दुवै जनाको खासै काम थिएन ।

तै पनि किन फाल्टु वस्ने भनेर मैले सडक पेटीमा पनि ब्यपार गर्छु भन्ने निर्णय गरेँ किनकी हामीसँग सटर भाडामा लिएर व्यपार गर्ने हैसियत थिएन । भोलिपल्टदेखि बेलुकीपख ब्यपार गर्न गन्तब्यतिर जान थालेकी थिएँ । छोराछोरीलाई एक प्राइभेट स्कूलमा भर्ना गरिदिएँ । श्रीमान भने रुसी सेनामा जाने मनसाय गरिरहनु भएको थियो । तर मेरो मन्साय नेपालमा नै वसेर केही व्यपार गरौं भन्ने थियो ।

तर उहाँको जिद्दीको अगाडि मेरो केही शीप चलेन र एक दिन विचौलियालाई जागिर छोडेको केही रकम बुझाएर रुसतिर जाने निधो गर्नुभयो । रुस र युक्रेनविचको युद्ध चलिराखेको थियो । दैनिक दुबै तर्फका सेना हताहत भएको खवर आइरहन्थ्यो । तथापी मेरो आग्रहलाई उहाँले लत्याएर एक दिन रुसको गन्तब्यस्थल पुग्न दिल्ली लाग्नुभयो र करिब २८ दिन पछि रसियामा पुगेर काम लागेको खवर आयो । तर सम्पर्क भने पाँच छ दिनमा एक पटक हुन्थ्यो ।

मेरो दिमागमा भने यहाँको सडक ब्यपार भन्दा पनि त्यहाँको युद्धमा गुन्जिएको बमवार्डको आवाजले सँधै ने पिरोलिई रहन्थ्यो । आखिर, गरिब देशमा जन्म लिएपछि हामी जस्ता गरिबको पक्षमा बोल्ने को हुँदो रहेछ र ? दैनिक भगवानको नाम पुकारेर बस्दथेँ । तर महिना पुगे पनि पैसाको आस भने थिएन मलाई ।

एक दिन काठमांडौ महानगरले पनि सडकपेटीमा सामान वेच्ने ब्यपारीहरुलाई अव ब्यपार गर्न नदिने निर्णय गरेछ तर एकातिर विदेशीएका श्रीमान्को अवस्था दयनिय छ भने यता बालवच्चाले बुवा कहिले आउनुहुन्छ भनेर सोधेर हैरान पार्दथे । भएको पैसा विचौलियालाई बुझाउँदैमा ठीक्क भयो भने अव सडकपेटीमा पनि ब्यपार गर्न नपाइने भएपछि यो पापी सहरमा कसरी बाँच्ने र यो पापी पेट पाल्ने चिन्ताले सताउन थाल्यो ।

एक दिन अचानक ब्यपार गर्न लागेको ठाउँमा नगर प्रहरी आए र भएको सामान सवै गाडीमा राखेर लैजाने तरखर गर्दै थिए तर सवै साथीहरु भागे म भने मेरो सामान लेउ भन्दै उनीहरुकोमा झम्टिन पुगेँछु । श्रीमान्सँग फोनमा सम्पर्क नभएको पनि एक महिना भइसकेको थियो । चिन्ता उहाँकै थियो ।

त्यही आवेसमा आएर म नगर प्रहरीसँग प्रतिकारमा उत्रेँ तर के गर्न सक्थेँ र ? उल्टो ढाडमा लट्ठी बजार्यो । म भाग्न खोज्दा अचानक सडकमा पछारिएँ र बेहोस भएँछु । केही दिन पछि थाह पाएँ कि म त अस्पत्तालको बेडमा पो रहेँछु । पछि यसो सम्झेर मेरा वच्चा कहाँ छन् भनेर सोधेको त कोठामा वस्ने छिमेकीले सम्हालेर राखेका रहेछन् ।

उता घरमा सासु आमा पनि विरामी हुनुहुन्छ भन्ने खवर आयो । म कोठामा गएँ । बालबालिकाहरु आत्तिएका रहेछन् ! स्कूल पनि कसले लैजाने र ? त्यसपछिका दिनहरुमा बच्चाहरुको स्कूल जाने क्रम बन्द भयो । स्कूल फि पनि बन्द भयो । चुला चौका पनि चिसिए । सपनाको सँसार विस्तारै विरानो हुँदै गयो । विदेशबाट श्रीमानको खवर पनि आउन छोड्यो ।

खाने गाँसै पनि बन्द होला जस्तो भयो । कतैबाट आउने आशै पनि बन्द भयो । आफन्तबाट पनि टाढिनुपर्ने बाध्यता भयो । यता भने चैतमा बारीमा फालिएको छेस्को जस्तै सडकपेटीबाट फालिएर बँचेको थियो मेरो जीन्दगी । आजका दिनमा हामीलाई लेखेटेर न त त्यो कुरुप सहरमा सुन्दरता छाएको छ न त हामी जस्ता गरिबलाई गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर नै जुटाइएको छ । देशमा जताततै भ्रष्टाचार ब्याप्त छ ।

जनतालाई भने केही ब्यपार गर्न घर–जग्गा, फोहोर, पानी, विजुली आदिको कर तिर्न स्थानीय र केन्द्रिय सरकारको दोहोरो मारमा परिराखेको अवस्था छ ।

तर स्थानीय सरकारले जनताको करको सदुपयोग भने जीम हल बनाउने, धर्मको नाममा पाटी पौवा निर्माण गरी अनावश्यक धार्मिक भ्रमणमा पैसा खर्च गर्ने, आफन्तको नाममा लाइब्रेरी निर्माण गर्ने, जनप्रतिनिधिलाई महँगो गाडी किन्ने, जन्मदिन मनाउँन सरकारी रकम खर्च गर्ने, अनावश्यक करारमा आसेपासे कर्मचारीको रुपमा भर्ना गर्ने गरेका छन् भने अर्कोतिर जनताको दैनन्दिनी भने हरेक आवश्यकताबाट बञ्चित भएको छ । अभै पनि कयौं जनता गाँस, बासँ, कपासबाट बञ्चित भएका छन् ।

सहरको सुन्दरता खोज्ने नाममा परिश्रम गरेर खाने मानिसलाई प्रहरी लगाएर लखेटिन्छ ! आखिर के हामीलाई लखेटेर, हाम्रो गाँस लुटेर सहरको ट्राफिक जाम रोकिएको छ ? हामी जस्ता गरिबको कुनै लेखाजोखा राखेको छ कुनै सरकारले ? आज देशमा प्रजातन्त्र र गणतन्त्रका नाममा धेरे शोषण र अत्याचार भएको छ ।

धेरै नेताहरुको पालनपोषण गर्दैमा वाक्क दिक्क भएका छन् जनता ! विचौलियाद्धारा धानिएको देशमा सर्वसाधारण जनताले कहिल्यै पनि स्वतन्त्रता प्राप्त गर्न धेरै कठीन हुन्छ । उता केही स्थानीय जनप्रतिनिधि भने सामाजिक सञ्जालबाट आएको एक दुई हजारको लाइक र कमेण्टको भरमा ठाउँ विर्सिसके र आज सडक ब्यपारीलाई घर न घाटको बनाएका छन् । न त केही व्यबस्था गर्ने योजना नै छन् । आज कयौं मै हुँ भन्ने सामाजिक अभियन्ताको आवाजलाई त सुनिएको छैन भने हामी जस्ता भुँईमान्छेको आवाज कसले सुन्ने ?

हो , म त्यही आवाजविहीनहरुको आवाजमा रुमल्लिइरहेकी एक बेसहारा महिला हुँ जुन दिन त्यो सडक पेटीमा नराम्रोसँग पछारिएको थिँए । दिनहरु जसोतसो बित्दै गए । एक दिन श्रीमानले फोन गर्नुभयो र भन्नुभयो “सवै सन्चै छौ म यहाँ युद्धबन्दीको रुपमा रहेको छु, तैपनि सुरक्षित छु, घरमा आमा र वालवच्चालाई सोधेको छ भनिदिनु, राम्रोसँग वस्नू, मेरो पिर नगर्नु, गाउँतिरै गएर वस्नु, अव हामी जस्ता गरिबको लागि होइन त्यो सहर, बाँचे भेटौंला कुनै दिन “ फोन राख्नुभयो ।

मन झन भक्कानिएर आयो । भगवानको नाम पुकार्नुवाहेक अरु उपाए केही देखिन मैले । यस्तो गरिब देश भन्दा पनि लुटेरा नेताहरुको देशमा जन्मेको फल हामीजस्ता गरिबले बाध्यताले झेल्दै छौं आज । तथापी मन सम्हालेर राखेँ र गाउँ जाने निधो गरेँ ।

भोलीपल्ट भएका सामानहरु लिएर दुई बालवच्चाहरुको साथमा गाउँ फर्के । गाउँमा केही दिन वित्दै गए । उता सासूआमाको अवस्था चिन्ताजनक थियो । अर्कोतिर विदेशबाट श्रीमानको पनि फोन आउन छोड्यो । वच्चाहरुलाई गाउँको विद्यालयमा भर्ना गरेँ । दिनहरु वित्दै थिए ।

एक दिन अचानक फोन आयो । अपरिचित नम्बर थियो तै पनि मनमा त्रास लिएर फोन उठाएँ । र, एक जना नेपालीले भने “तपाई श्यामकुमारको वाइफ हुनुहुन्छ ? “ हो म उहाँकै वाइफ बोल्दैछु , किन र उहाँलाई कस्तो छ सन्चै हुनुहुन्छ ? “ उ अक्मकियो, र भन्यो उहाँको युद्धमा परेर निधन भयो । तर ! तर ! लास भने हामीले फेला पार्न सकेनौं ! “ फोन राखिदियो । जीवनमा यहाँ भन्दा वज्रपात अरु के हुन सक्छ र ? भगवानले पनि सायद मलाई मात्र होला यो संसारमा सहन सक्ने शक्ति दिएका भनेर मन सम्हाल्ने कोशिस गरेँ । यता बालबच्चाले बाबा कहिले आउँनुहुन्छ भनेर सोधिराखेका छन् भने उता विरामी सासूआमाले पनि छोराको खवर के छ भनेर सोधिरहँदा जवाफमा ठीकै छ भनेँ तर आखिर युद्ध मैदानमा लड्दा लड्दै जीवनको अन्त्य भयो श्रीमान्को ।

आखिर ढाँटेको कुरा र फाटेको टोपी लुकाएर कहाँ लुक्थ्यो र एकदिन सवैले थाह पाइहाल्ने कुरा थियो । यसरी सुन्दर भविश्य देखेर लोभ्याएको त्यो पापी सहरले एकातिर सडकपेटीमा नै पछार्यो भने अर्कोतिर सँधैको लागि श्रीमान्सँगको विछोड भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै