नागरिक बाट सुझाव लिदै बसपार्क प्रहरी, अपराधिक तथा अवैध कार्यहरू नियन्त्रण हुदै -
Comments Add Comment

नागरिक बाट सुझाव लिदै बसपार्क प्रहरी, अपराधिक तथा अवैध कार्यहरू नियन्त्रण हुदै

हार्दिक देवकोटा: नयाँ बसपार्ककाे शान्ति सुरक्षा कमान्ड प्रहरी निरिक्षक दिनेश गुरुङको नेतृत्वमा आए सँगै अपराधीक गतिविधिमा न्यूनीकरणमा कमि आएको एक तथ्यांकले देखाएको छ ।

बसपार्क प्रहरीले नियमित रुपमा सार्वजनिक गर्दै आएको प्रगति विवरणमा गत वर्षहरुमा भन्दा यस वर्ष हरेक शिर्षकका अपराधहरुमा उल्लेखनीय कमि आएको छ ।लागू आैषध ओसारपसार ,चाेरी,लुटपाट ,हत्या ,झै झगडा आदि घटनामा पछिल्लो ८ महिनाको अवधिमा निकै कमि आएको छ ।

प्रहरीले ८ महिनाको अवधिमा ५ हजार ७ सय २४ जनालाई विभिन्न आराेपमा नियन्त्रणमा लिई ५ सय ४६ जनालाई मुद्दा चलाएको छ।हराएका सवारीसाधन भेटाएर सम्बन्धित धनिलाई बुझाउने ,जाेखिममा रहेका मानिसहरुलाई उद्वार,सवारी दुर्घटना न्युनिकरण आदिमा पनि कमि आएको छ ।माघ सम्म उक्त क्षेत्रमा एउटा पनि कर्तव्य ज्यान कसुरकाे कुनै घटना घटेन।

प्रहरीले यस्ता घटना न्युनिकरणका लागि बसपार्क आसपास तथा टाेखा नगरपालिका अन्तर्गतका केही वडाहरुमा शान्ति सुरक्षा तथा अपराध अनुसन्धानका कार्यहरूमा नागरिक प्रहरी सहकार्यलाई जाेड दिएको छ ।प्रत्येक तीन तीन महिनामा उक्त क्षेत्रमा शान्ति सुरक्षा तथा अपराध अनुसन्धानको क्षेत्रमा गरिएका काम ,कारबाही तथा प्रगतिको बारेमा नागरिक समाज ,स्थानीय निकाय,सराेकारवाला पक्ष आदिलाई विवरण सहित प्रहरीले जानकारी गराउदै आएकाे छ ।उक्त जानकारी पश्चात् सराेकारवाला पक्ष बाट आगामी दिनमा अझ प्रभावकारी याेजना तथा सहकार्य कसरी गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया तथा सुझाव लिने गरिन्छ ।यस्तो कार्यकाे अपनत्व बढि भन्दा बढि स्थानीय तहको हाेस भन्ने प्रहरीको पहल हुन्छ।प्रहरीले हाल सम्म भएका गतिविधि सार्वजनिक गर्छ र सुझाव लिन्छ । यसले प्रहरी नागरिक सहकार्य थप मजभूत हुन्छ ।

देशको राजधानीकाे बसपार्क भएकोले प्रहरी अपराधीक गतिविधि नियन्त्रण गर्न प्रहरी जतिबेला पनि चनाखो भएर बस्नुपर्ने भएकोले प्रहरीले नागरिकको सहयोग अपेक्षा गर्छ ।यसै सन्दर्भमा लागू ओैषध,दुर्ब्यशन,कुलत,अवैध गतिविधि ,कानुनले बन्देज गरेका कार्यहरूमा बालबालिका,युवा तथा अन्य उमेर समुहको संलग्नतालाई निरुत्साहित गर्न बसपार्क क्षेत्रमा प्रहरीले नियमित निग्रानी गरिरहेको छ ।यहि क्रममा पछिल्लो समय उमेर नपुगेका,तथा अवैध गतिविधिमा संलग्न करिव १ सय ५० जनालाई नियन्त्रणमा लिई १ सय जना बसपार्क प्रहरीले माइती नेपालकाे जिम्मा लगाएको छ ।हाेटल,रेस्टुरेन्ट ,दाेहाेरी साँझ लगाएतका विभिन्न व्यवसायमा संलग्न भई अवैध गतिविधिमा संलग्नलाई प्रहरीले कारबाही र उद्वारलाई पछिल्लो समय मिसन नै बनाएको छ ।

नियमित तीन तीन महिनाको सार्वजनिक सुनुवाइ कार्यक्रम अन्तर्गत टाेखा नगरपालिका वडा नम्बर तीनमा बिहिवार भएको कार्यक्रममा प्रमुख अतिथि हुनुहुन्थ्यो एसपी नवराज अधिकारी ,काठमाडौ प्रहरी परिसरका सुचना अधिकारी समेत रहेका अधिकारीले समाजमा शान्ति सुरक्षा अमनचयनकाे लागि स्थानीय तहकाे सृजनात्मक भूमिका रहेकाले पाठ्यक्रम आवश्यक रहेको कुरामा जाेड दिनु भयो । उहाँको कुरामा सहभागीहरुले समेत समर्थन जनाए ।आफ्नो कार्यक्षेत्र अन्तर्गतको तीन महिना यताको सम्पुर्ण विवरणहरु सार्वजनिक सुनुवाइ मार्फत सार्वजनिक गर्दै प्रहरीले विभिन्न तथ्यांक समेत सार्वजनिक गर्दै आएको छ ।

नागरिक प्रहरी सम्बन्ध मजबुत बनाई समाजमा अपराध न्यूनीकरणकाे लागि सहकार्यलाई निरन्तरता दिन उक्त कार्यक्रमहरु आयाेजना गरिदै आएको प्रहरी निरिक्षक दिनेश गुरुङले जानकारी दिनुभयो। प्रहरी निरिक्षक गुरुङले नयाँ बसपार्ककाे शान्ति सुरक्षाको जिम्मेवारी समालेकाे ८ महिना यता तीन ओटा सार्वजनिक सुनुवाइ कार्यक्रम भइसकेका छन् ।

बिहिवार भएको कार्यक्रममा टाेखा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष रमेश खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष रामभक्त घिमिरे ,तिनका वडा अध्यक्ष रमेश ढंगाेल,१० का वडा अध्यक्ष मचाकाजि श्रेष्ठ ,११ का वडा अध्यक्ष घनश्याम खड्का लगाएतकाे सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै