Comments Add Comment

Advertisment

SKIP THIS

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सुरु

१८ पुष , काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सुरु भएको बैठकले आगामी रणनीति तय गर्ने, वामपन्थी एकताका लागि छलफल अगाडि बढाउने लगायतका विषय छलफल हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

यसअघि शनिवार र आइतबार स्थायी कमिटीको बैठक बसेको थियो । उक्त बैठकमा एमाले र नेकपा माओवादीसहित सात दलको सरकारको सरकारमा जाने वा नजाने भन्ने विषयमा छलफल भएको थियो । जसमा पार्टीभित्र नेताहरू दुई धारमा बाँडिएका छन् ।

केही नेताले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन मात्र गर्नुपर्ने बताएका छन् भने अधिकांशले सरकारमै जानुपर्नेमा नेताको जोड दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सरकारमा आउन आग्रह गरेपनि नेकपा एकीकृत समाजवादीले संस्थागत निर्णय गरेको छैन । आजको पोलिटब्युरो बैठकमा पनि सरकारमा जाने कि नजाने भन्ने विषयमा छलफल हुन् कार्यक्रम रहेको प्रवक्ता खतिवडाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै