Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको वीर अस्पतालबाट उपचारको क्रममा भागेका थुनुवा पक्राउ

६ वैशाख , काठमाडौ । प्यारालाइसिसको बहाना बनाएर काठमाडौंको वीर अस्पतालबाट उपचारको क्रममा भागेका थुनुवा पक्राउ परेका छन्।

सोमबार दिउँसो सवा १ बजे बूढानीलकण्ठ नगरपालिका-१२ स्थित राधाकृष्ण मन्दिर नजिकबाट फरार भएका थुनुवालाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-३ कुञ्चोक करमडाँडाका ४५ वर्षीय राजेश तिरूवा पक्राउ परेका हुन्। उनी जबरजस्ती करणीको मुद्दामा केन्द्रीय कारागार जगन्नाथ देवलको थुनामा थिए। प्यारालाइसिस भएको भन्दै उनलाई उपचारको लागि काठमाडौं ल्याइएको थियो।

उपचारको लागि भर्ना गर्नेक्रममा चैत २९ गते राति सवा १० बजे वीर अस्पतालबाट उनी फरार भएका थिए । थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि केन्द्रीय कारागार जगन्नाथ देवल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै