Comments Add Comment

Advertisment

SKIP THIS

क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या प्रकरण : अनुसन्धानका लागि दुईजना पक्राउ

१ असार , काठमाडौ । बारामा क्याम्पस प्रमुखमाथि गोली प्रहार गरेको आशंकामा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको शुक्रबार गोली प्रहारबाट मृत्यु भएको छ । सोही घटनामा संलग्न रहेको आशंकामा अनुसन्धानका लागि दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनीहरूको पहिचान भने प्रहरीले खुलाएको छैन । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात व्यक्तिले कुशवाहामाथि गोली प्रहार गरी भागेका थिए ।

कुशवाहाको पिठ्युँमा गोली लागेको थियो । प्रहरीले घटनाबारे थप अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment