१९ माघ, काठमाडौं । भू–राजनीतिक विश्लेषक अरूणकुमार सुवेदीले नेपालका कम्युनिस्ट पार्टीहरू जनतामा अमेरिकाविरोधी धारणा स्थापित गरेर चुनाव जित्न प्रयासमा रहेको भए पनि त्यो सफल नहुने बताएका छन् ।
लोकान्तर डटकमसँगको अन्तर्वार्तामा सुवेदीले २०७४ सालको निर्वाचनमा एमालेले भारतविरोधी छवी स्थापित गरेर जितेको भन्ने कथ्य पनि सत्य नभएको बताएका छन् । नेपाली कांग्रेसको सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी संसद्बाट अनुमोदन गराउने दबाबमा रहेको उनले बताए । एमसीसी संसद्बाट अनुमोदन हुँदा अहिले सरकार सञ्चालन गरिरहेको गठबन्धन कामय नरहन सक्ने उनको विश्लेषण छ ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०सँगको सम्झौताले सत्तारूढ गठबन्धनमा गाँठो कस्ने काम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको सुवेदीको तर्क छ ।
सम्झौताको सबै शर्त प्रचण्ड प्रधानमन्त्री र कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा तयार भएको तर, अहिले प्रचण्डले अहिले आफैँले निर्धारण गरेको शर्त मान्य हुँदैन भन्दै हिँडेको सुवेदीले बताए ।
त्यस्तो अवस्थामा नेपाली कांग्रेस, जनता समाजवादी पार्र्टी र केही स्वतन्त्र व्यक्ति सम्मिलित मन्त्रिपरिषद्ले आगामी चुनाव गराउन सक्ने सम्भावना पनि रहेको उनले बताए । एमसीसी संसद्बाट अनुमोदन नहुाँ त्यसले विभिन्न समस्या सिर्जना गर्ने र त्यसको सामना गर्न प्रधानमन्त्री तयार हुनुपर्ने उनले बताए ।



